Above Article Ad
  • शनिबार “लाज शरणम्” फिल्मका निर्माता अर्जुन घिमिरे (पाँडे) सहितका  कलाकारको टिम धनगढी आउँदै

    Above Article Content Ad
  • धनगढी-बुधबार शिवरात्रीका दिनदेखि देशभरका सिनेमा हलमा एकै साथ प्रदर्शनमा आएको चलचित्र ‘लाज शरणम्’  दर्शकको रोजाईमा पुग्न सफल भएको छ।

    हास्य व्यङ्ग्यमा आधारित र काठमाडौंदेखि डोल्पासम्मका दृश्य समावेश  गरिएको उक्त चलचित्र ‘लाज शरणम्’ प्रदर्शनकै पहिलो दिनमा दर्शकहरू निकै घुइँचो देखिएको थियो।

    Article inline ad #1
  • लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ को टिमले निर्माण गरेको चलचित्र ‘लाज शरणम्’ मा मुख्य भूमिकामा अर्जुन घिमिरे,सिताराम कट्टेल (धुर्मुस), विजय बराल, सागर लम्साल, हरिष निरौला छन् । चलचित्रमा प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ ।

    Article inline ad #2

    दर्शकको रोजाइमा बन्न सफल भएको चलचित्र ‘लाज शरणम्’ का निर्माता तथा कलाकार अर्जुन घिमिरे (पाँडे)
    सहितको कलाकारको टिम शनिबार (भोलि) कैलालीको धनगढीमा रहेको एसटिएस सिनेमा हलमा आउने भएका छन् ।

    सो टिमले दर्शकहरूसँग बसेर बिहान ११ बजेको “शो”मा  सिनेमा हेर्ने चलचित्र निर्माता स्रोतले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6