Above Article Ad
  • झारफुक गर्ने बहानामा किशोरीमाथि अभद्र व्यवहार गरेको आरोपमा झाँक्री पक्राउ

    Above Article Content Ad
  • काठमाडौं – झारफुक गरेर निको पार्ने भन्दै महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा झाँक्री पक्राउ परेका छन् ।

    सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा देखिएका आधारमा ती झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा जुम्लाको गुठीचौर गाउँपालिका–१ का ४६ वर्षीय कालीबहादुर रोकाया रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार शनिबार गते दिउँसो करिब १२ बजे प्रहरी चौकी मणिसाँघुबाट खटिएको टोलीले रोकायालाई आफ्नै घरबाट पक्राउ गरेको हो ।

    Article inline ad #1
  • उनले सोही स्थानकी १४ वर्षीया किशोरीलाई झारफुक गरेर निको पार्ने भन्दै अभद्र व्यवहार गरेको आरोप छ । उक्त व्यवहारको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

    Article inline ad #2

    पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालय जुम्ला ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6