Above Article Ad
  • पुनर्वास नगरपालिकाले खरिद ग¥यो महाप्रस्थान यान

    Above Article Content Ad
  • पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिकाले मृत शरिरलाई घरबाट घाट सम्म लैजानका लागि महाप्रस्थान यान खरिद गरेको छ ।
    सोमबार नगरपालिकामा उपमेयर भुलियाकुमारी रानाले महाप्रस्थान यानको उद्घाटन गर्दै सञ्चालनमा ल्याएको हो ।

    नगरपालिकाले चालु आर्थिक वर्षको २३ लाख बजेटम ईबिड मार्फत खरिद भएपनि सम्पूर्ण निर्माण सहित जम्मा अठ्ठाईस लाख खर्चको अनुमान गरिएको पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश सिँह ऐरीले जानकारी दिनुभयो ।
    त्यस्तै नगरप्रमुख तोयप्रसाद शर्माले आफु निर्वाचित पछि पदभार ग्रहण गर्दै सुकुम्बासी समस्या समाधान र महाप्रस्थान यान सञ्चालनमा ल्याउने पहिलो निर्णय गरे अनुरुप महाप्रस्थान यान खरिद गरेको बताउनुभयो ।

    Article inline ad #1
  • निर्णयपछि तत्कालै खरिद गर्ने योजना भएपनि विभिन्न प्रक्रियागत समस्याका कारण वर्षदिन लाग्न गएको उहाँको भनाई छ ।
    नगरपालिकामा महाप्रस्थान यान ल्याएपछि सामाजिक सञ्जालमा मेयर,उपमेयरसँगै सिङ्गो नगरपालिकाको चर्चाले रंगिएको छ ।
    उक्त महाप्रस्थान यान आज (मंगलबार) देखि निःशुल्क रुपमा सञ्चालनमा ल्याईने नगरपालिकाका नगरप्रम्ुख शर्माले जानकारी दिनुभयो ।

    Article inline ad #2

     

     

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button