Above Article Ad
  • श्रमिकलाई अनिवार्य चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन

    Above Article Content Ad
  • विभागले कतिपय रोजगारदाताबाट चाडपर्व खर्च उपलब्ध नगराएको गुनासो आउने गरेको भन्दै अनिवार्य उपलब्ध गराउन निर्देशन दिएको हो ।

    Article inline ad #1
  • श्रम ऐन २०७४ को दफा ३७ मा प्रचलित धर्म, संस्कृति तथा परम्परा अनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाइपाइ आएको ‘एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम’ प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था गरेको छ ।

    Article inline ad #2

    यदि रोजगारदाता वा प्रतिष्ठानले उक्त सुविधा उपलब्ध नगराए सुविधा नपाउने श्रमिक वा कामदारले आफ्नो कार्यक्षेत्र पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी तथा निवेदन दिन अनुरोध गरेको छ ।

    विभागले इमेल मार्फत उजुरी, गुनासो तथा सुझाव दिन अनुरोध गरेको हो । त्यसका लागि क्यूआर कोडको समेत व्यवस्था गरिएको छ ।

    विभागका प्रवक्ता मणिनाथ गोपले कतिपय रोजगारदाता तथा प्रतिष्ठानबाट चाडपर्व खर्च उपलब्ध नगराएको गुनासो आइरहेको बताए । त्यस्ता प्रतिष्ठानलाई अनिवार्य उपलब्ध गराउन भनिएको र उपलब्ध नगराउने माथि श्रम ऐन अनुसार कारबाही हुने प्रष्ट पारे

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6