
पुनर्वासमा डिजिटल प्रविधिको प्रयोगबारे ४० जना विद्यार्थीलाई अभिमुखीकरण
कञ्चनपुरको पुनर्वासमा डिजिटल प्रविधिको प्रयोगबारे एकदिने अभिमुखीकरण सम्पन्न भएको छ ।
पुनर्वास नगरपालिका र युडान (UDDAN) को आयोजना तथा निडस नेपालको हेफर परियोजना अन्तर्गत नगरपालिका भित्रका ४० विद्यार्थीहरुलाई डिजिटल प्रविधिसंग जोड्न शनिबार नगरपालिकाको सभाहलमा युवा पूर्वपरामर्श सम्बन्धि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागी युवाहरुलाई ग्राफिक डिजाइन, भिडियो सम्पादन, मल्टिमिडिया तथा कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी व्यावहारिक र रोजगारीमुखी गतिविधिका विषयमा जानकारी गराईएको थियो ।
कार्यक्रममा युडान परियोजनाका प्रमुख गोपाल भुसालले परियोजनाको उद्देश्यबारे जानकारी दिनुभयो। युडानकै सहजकर्ता स्वस्तिका केसीले समूहगत छलफलमा युवाले डिजिटल क्षेत्रमा देखिएका समस्या, आवश्यकता र सम्भावित समाधानबारे सुझाव प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रममा पुनर्वास नगरपालिकाका योजना शाखाका प्रमुख शंकर बोगटी, पुनर्वास नगरपालिकाका सुचना अधिकृत कृष्ण भट्ट, विपद फोकल पर्शन ओमनाथ ढकाल, शिक्षक विद्यार्थीहरुको सहभागिता रहेको थियो।
युवाले डिजिटल प्रविधिको सुरक्षित प्रयोग र साइबर अपराधसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुपर्ने तथा सिकेका सीपलाई गाउँघरका समस्या समाधानमा उपयोग गर्नुपर्नेमा पनि जोड दिएका छन्।
कार्यक्रमबाट संकलित सुझावलाई आगामी असोज २७ गते पुनर्वास नगरपालिकामा आयोजना हुने नीतिगत संवादमा प्रस्तुत गरिनेछ। ‘युवा, उद्यमी र नगरपालिकाका लागि डिजिटल प्रविधि’ विषयक उक्त संवादमा जनप्रतिनिधि, नगरपालिका अधिकारी, विद्यालय, सहकारी, उद्यमी तथा युवाबीच छलफल गरी नगरपालिकाको योजना, कार्यक्रम र बजेटमा प्राथमिकताका साथ समेट्नुपर्ने युडान परियोजनाका प्रमुख भुसालको भनाई थियो।
















