
बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ जना घाइते
Above Article Content Ad
कपिलवस्तु –बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने ११ जना घाइते भएका छन् ।
शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Article inline ad #1
पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको ना६ ख ३३३३ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेकोे लु प्र ०३–००१ ख ००९९ नम्बरको बस एकापसमा ठोक्किएका थिए ।
Article inline ad #2
बस चालक बाँकेको खजुरा गाउँपालिका–५ का सुमन खत्रीको घटनास्थलमै मृत्यु भएकोे ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालको जानकारी दिए ।
उनका अनुसार बसमा सवार ११ यात्रु घाइते भएका छन् । घाइते सवैको अवस्था सामान्य रहेको छ ।
मोरङ कानेपोखरी गाउँपालिका–२ घर भएका ट्रक चालक रुपेश धिमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















