
पुनर्वासमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम सुरु
पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिकामा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि दुई दिने सचेतना कार्यक्रम शनिबारबाट सुरु भएको छ ।
मानव बेचविखन तथा ओसारपसारलाई न्यूनीकरण गर्ने उद्देश्यले पुनर्वास नगरपालिका ६ ले सो कार्यक्रमको आयोजना गरेको हो । सो सचेतना कार्यक्रमको नगर प्रमुख तोय प्रसाद शर्माले एक कार्यक्रमका बिच उद्घाटन गरे ।
उद्घाटन गर्दै नगर प्रमुख शर्माले भारतीय सिमासंग जोडिएको वडानम्बर ६ मा मानव बेचविखन तथा ओसारपसार कार्यमा न्यूनीकरण गर्दै पूर्ण रुपमा बन्देज गर्न यस्तो कार्यक्रम लाभदायक हुने अपेक्षा गरे । उनले यस्ता कार्यक्रमले मानव बेचविखन तथा ओसारपसार गरेमा आउनसक्ने सम्भावित कानूनी सजाय तथा प्रक्रियाको बारेमा बुझाउन मद्दत पुग्ने बताए ।
सोही कार्यक्रममा बोल्दै वडाध्यक्ष मित्रसिंह लामाले आफ्नो वडामा रहेको दुइवटा विओपी र ईप्रका त्रिभुवन बस्तीले विगतमा यस्ता क्रियाकलापमा संलग्नहरुलाई पक्राउ गरेको बताए । उनलेे सचेतना कार्यक्रमले मानव बेचविखन तथा ओसारपसार कार्यमा न्यूनीकरण हुने विचार व्यक्त गरे ।
दुई दिन सम्म चल्ने सचेतना कार्यक्रमलाई प्रशिक्षक प्रकाशचन्द्र मडै र सुरक्षा निकायका प्रतिनिधिहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।