Above Article Ad
  • आज सोमबार नेपाल प्रहरीका ३७ जना एसपीहरुको पदस्थापन तथा काज सरुवा गरिएको छ।

    Above Article Content Ad
  • काठमाडौं: नेपाल प्रहरीका ३७ जना एसपीहरुको पदस्थापन तथा काज सरुवा गरिएको छ। आज (सोमबार) प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट एसपीमा बढुवा भएका ३७ अधिकृतको पदस्थापन गरिएको हो।

    उनीहरूलाई हिजोमात्रै दर्ज्यानी चिन्ह प्रदान गरिएको छ थियो। हिजो आइतबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।

    Article inline ad #1
  • त्यसलगत्तै आज उनीहरूको सरुवा निकालिएको छ। केही समय अगाडि प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षकबाट प्रहरी उपरीक्षकमा बढुवा सिफारिस गरेका ३७ जनालाई नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को आइतबार पदोन्नति गरेको थियो।

    Article inline ad #2

    पदस्थान सूची अनुसार कुलदीप चन्दको जिल्ला प्रहरी परिसर काठमाडौंमा पदस्थापन भएको छ। सुमित खड्कालाई विशेष ब्यूरोमा पदस्थापन गरिएको छ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा मनोहर प्रसाद भट्टले जिम्मेवारी पाएका छन्। उनको पदस्थापन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा गर्ने निर्णय भएको छ।

    महेन्द्र कुमार श्रेष्ठको स्थानमा भट्टलाई काजमा खटाउने निर्णय भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    दीपक गिरी ट्राफिक प्रहरी कार्यालय, युवराज खड्का सीआईबी र नवीन कार्की काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन भएका छन्।

    साइबर ब्यूरोमा भेषराज रिजाल र मानव बेचबिखन अनुसन्धान ब्यूरोमा रुगम बहादुर कुँवरलाई पदस्थापन गरिएको छ।

    हेर्नुस् सूची, अन्य को कहाँ ?

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by