Above Article Ad
  • परराष्ट्रमन्त्री राणाद्वारा :तातोपानी स्नानगृहको उद्‍घाटन

    Above Article Content Ad
  • सिन्धुपाल्चोक – परराष्ट्रमन्त्री आरजु राणा भोटेकोशी गाउँपालिका वडा नम्बर-२ बाट चीन जोड्ने सीमानामा उत्तरी नाका तातोपानी क्षेत्रमा पुगेकी छिन् । उनले तातोपानी धारामा निर्मित स्नानगृह उनले उद्घाटन गरिन् । चीनको झाङ्मु क्षेत्रका सुरक्षाकर्मी र अधिकारी प्रतिनिधिले उनलाई स्वागत गरेका थिए ।

    भोटेकोशी गाउँपालिका-२ का अध्यक्ष कुमार श्रेष्ठका अनुसार नेपाल–चीन सीमामा घुम्न आउने पर्यटक र तीर्थयात्रीलाई लक्षित गरेर भोटेकोशी गाउँपालिकाले आफ्नै लगानीमा स्नानगृह तयार पारेको हो ।

    Article inline ad #1
  • ६ करोड लागतमा दुई पक्की भवन निर्माण सम्पन्न भएको उनको भनाइ छ । बगैँचा, स्विमिङपुल र अन्य संरचना बन्न बाँकी रहेको उनले जानकारी दिए । तातोपानीमा बाहिर देखिने गरी पुरानो सात वटा धारा छन् । हाल बनेका नयाँ भवनमा ४७ वटा बाथटव निर्माण गरिएको छ । कात्तिकदेखि चैतसम्म सिजनमा दैनिक एक हजारसम्म पर्यटकले तातोपानी धारामा स्नान गरेर सीमानाकाको भ्रमण गर्ने गर्छन् ।

    Article inline ad #2

    अफसिजनमा पनि दैनिक सय पर्यटक तातोपानी पुग्छन् । तातोपानी धारा व्यवस्थित भएपछि पर्यटक र भक्तजनलाई स्नान गर्न सहज हुनेछ । तातोपानीमा नुहाउँदा छाला तथा हड्डीसम्बन्धी बिमारी सन्चो हुने विश्वास गरिन्छ । परराष्ट्रमन्त्री राणा हेलिकोप्टरमा तातोपानी उत्रेकी थिइन् । लगत्तै उनले नेपाल–चीन सीमा क्षेत्रको निरीक्षणसमेत गरिन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by