
डडेल्धुरामा जंगलमा प्रहरी जवान मृत भेटिए
Above Article Content Ad
धनगढी-डडेल्धुरामा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् ।
बैतडीको सिगास गाउँपालिका–३ घर भएर जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान ठगेन्द्रसिंह बोहरा अमरगढी नगरपालिका–५ को स्थानीय जंगलमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
Article inline ad #1
उनी जंगलमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । घटनाअघि उनले झुन्डिन लागेको तस्बिर समेत आफ्नी श्रीमतीलाई पठाएको खुलेको छ । श्रीमतीले जिल्ला प्रहरी कार्यालयमा खबर गरेपछि खोजी थालिएको थियो ।
Article inline ad #2
खोजीका क्रममा उनी मृत भेटिएका हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















