Above Article Ad
  •  बैतडीको पाटन नगरपालिकाले एचआइभी संक्रमितलाई पोषण खर्च उपलब्ध गराउँदै

    Above Article Content Ad
  • बैतडी- बैतडीको पाटन नगरपालिकाले चालु आर्थिक वर्षमा पनि एचआइभी संक्रमित नागरिकलाई पोषण खर्च उपलब्ध गराउने भएको छ। आर्थिक वर्ष २०७९/८० देखि निरन्तर रूपमा यस्तो सहयोग गर्दै आएको नगरपालिकाले यस वर्षका लागि एक लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

    नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराका अनुसार हाल नगर क्षेत्रभित्र ३६ जना एचआइभी संक्रमित रहेका छन्। विनियोजित एक लाख रुपैयाँबाट उनीहरूलाई पोषण खर्च उपलब्ध गराइनेछ।

    Article inline ad #1
  • यसअघि आर्थिक वर्ष २०७९/८० मा एचआइभी संक्रमितलाई तीन दिने व्यवसायिक तालिमसमेत प्रदान गरी वस्तुगत सहयोगका लागि प्रति व्यक्ति १२ हजार रुपैयाँ उपलब्ध गराइएको थियो। आर्थिक वर्ष २०८०/८१ मा प्रति व्यक्ति ६ हजार रुपैयाँ पोषण खर्च प्रदान गरिएको थियो भने गत आर्थिक वर्षमा ३५ जनालाई प्रतिव्यक्ति ५ हजार ७ रुपैयाँका दरले सहयोग गरिएको स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिए।

    Article inline ad #2

    नगर प्रमुख गौरीसिंह रावलले एचआइभी संक्रमितको जीवनयापनमा केही सहजता ल्याउने उद्देश्यले पोषण खर्चका लागि बजेट विनियोजन गरिएको बताए।

    जिल्लाका अन्य स्थानीय तहले भने एचआइभी संक्रमितका लागि छुट्टै बजेट व्यवस्था नगरेको जनाइएको छ। यसप्रति अन्य पालिकाले आफूहरूको समस्यामा ध्यान नदिएको भन्दै संक्रमितहरूले गुनासो गर्दै आएका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6