
चार्डपर्वलाई लक्षित गर्दै पुनर्वासको डोकेबजारमा प्रहरीको नागरिक सहायता केन्द्र स्थापना
पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिकामा पर्ने गौरीफन्टा नाकामा चार्डपर्वलाई लक्षित गर्दै प्रहरीले नागरिक सहायता केन्द्र स्थापना गरेको छ ।
सोमबार ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र अस्थायी ट्राफिक पोष्ट डोकेबजारले संयुक्त रुपमा भारतबाट आउनेजाने विदेशी तथा नेपालीहरुको सुरक्षाका लागि नाकामा चार्डपर्व लक्षित गरी प्रहरीले नागरिक सहायता केन्द्र स्थापना गरेको हो ।
चार्डपर्वका बेला सीमानाका क्षेत्रमा हुने अपराध,चोरीतस्करी र लुटपाट जस्ता घटनाको न्युनिकरण गर्न नागरिक सहायता केन्द्रको स्थापना गरिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक महेश विक्रम शाहीले जानकारी दिए ।
उनले नागरिकलाई आईपर्ने समस्यामा नेपाल प्रहरी हरपल सुरक्षामा रहेपनि चार्डपर्वमा अझै विशेष यात्रुहरुका लागि लक्षित हुने गरेको बताए । बाटोमा यात्रुहरुलाई सहि गन्तव्यसम्म पु¥याउने र तानातान नगर्न अटो तथा बस चालकहरुलाई प्रहरी निरिक्षक शाहीले अनुरोध गरेका थिए ।
त्यस्तै, पुनर्वास नगरपालिकाका नगर प्रवक्ता तथा पुनर्वास–११ का वडाध्यक्ष बिनोद अर्यालले चार्डपर्वमा अपराधिक गतिविधिलाई मध्यनजर गरी सुरक्षा संयन्त्र बलियो बनाउन केहि समय अघि आफु सक्रिय रहेको बताए । स्थानीय स्तरबाट सुरक्षा निकायलाई आवश्यक पर्ने सहयोगका लागि आफ्नो व्यक्तिगत तर्फबाट पनि गर्न तयार रहेको उनको भनाई छ ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि,बजारबासी,अटो तथा बस चालक लगायतका व्यक्तिहरु उपस्थित थिए ।