Above Article Ad
  • तीन वर्षीया बालिका मृत फेला, १६ वर्षीय किशोर पक्राउ

    Above Article Content Ad
  • रौतहट -बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्। प्रारम्भिक अनुसन्धानका क्रममा बालिकालाई चकलेटको प्रलोभन देखाएर लगेर बलात्कारपछि हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ।

    मंगलबार साँझ करिब ५ः४५ बजे भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठाभित्र नाम, थर र वतन नखुलेको अवस्थामा बालिका मृत फेला परेको सूचना प्रहरीलाई प्राप्त भएको थियो।

    Article inline ad #1
  • सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिमराबाट डीएसपी  दिलीप क्षेत्रीको कमाण्डमा सोको सहितको टोली घटनास्थलमा पुगेको थियो। जिल्ला प्रहरी कार्यालय बाराबाट एसपी नरेन्द्र कुँवरको कमाण्डमा समेत सोको सहितको टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

    Article inline ad #2

    थप अनुसन्धानका क्रममा प्रदेश प्रहरी कार्यालय वीरगन्जबाट तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरिएको थियो। अनुसन्धानबाट मृतक बालिका जितपुरसिमरा–१ दसधुरी बस्ने मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी रहेको खुलेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार गरिमा साउन ३१ गते बिहान करिब ८ः३० बजे घरबाट हराएकी थिइन्। प्रारम्भिक अनुसन्धानमा जितपुरसिमरा–२ बस्ने भिम सेन थापाको छोरा   ना.१.ज ७७५८ नम्बरको म्याजिकको सह चालक  करिब १६ वर्षीय सुमन थापाले बालिकालाई चकलेट दिएर फकाईफुल्याई घटनास्थलमा लगेको र त्यहाँ जबर्जस्ती करणी गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

    घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सुमन थापा तथा ना.१ ज ७७५८ नम्बरको म्याजिकका धनी जितपुरसिमरा–१ निवासी २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ।

    प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। मृतक बालिकाको शव पोस्टमार्टम तथा थप कानुनी प्रक्रियाका लागि पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय बाराको सूचनामा उल्लेख गरिएको छ

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6