कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर-१को प्रतिनिधि सदस्यमा नेकपा एमालेबाट तीन जनाको नाम सिफारिस
कंचनपुर – कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर-१ मा नेकपा एमालेबाट प्रतिनिधि सदस्यका लागि तीन जानको नाम सिफारिस भएको छ ।
नेकपा एमालेको निर्वाचन क्षेत्रीय समन्वय कमिटीले आइतबार तारालामा तामाङ्ग, खेम सुवेदी र बीर बहादुर थापाको नाम जिल्ला कमिटीमा सिफारिश गरेको नेकपा एमाले पुनर्वास नगर कमिटी अध्यक्ष पदम पुजाराले जानकारी दिए ।
सिफारिस भएका थापा २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट पुनर्वास नगरपालिकाको नगर प्रमुखमा पराजित भएका थिए । त्यस पश्चात गठबन्धन भएको नेकपामा कंचनपुरको जिल्ला अध्यक्ष समेत सम्हालेका थापा बिभाजन पछि नेकपा एमालेमा लागेका थिए । उनी पार्टी र स्थानीयका माझ लोकप्रिय नेताका रुपमा परिचित छन् । जनताकै सहजताका लागि सरकार विरुद्ध लडिरहदा जेल जीवन समेत बिताएका उनी क्रान्तिकारी युवा नेता पनि हुन् ।
त्यस्तै नेकपा बिभाजन पछि एकीकृत समाजवादीमा सनाखत गरेका तामाङलाई भदाै १५ गते पार्टी अध्यक्ष केपि शर्मा ओलिले टीका लगाएर महेन्द्रनगरमा पार्टी प्रवेश गराएका हुन ।
०७४ को निर्वाचनमा एमालेबाट निर्वाचन क्षेत्र नं. १ `क´ मा प्रदेश सभा सदस्य निर्वाचित तामाङ समाजवादिमा रहदा आर्थिक मामिला मन्त्री समेत बनेका थिए ।
यसैगरी सुवेदी एमाले अखिल नेपाल किसान संघको नेतृत्व गर्दै आएका छन् । उहाँ सानै देखि एमाले राजनितिमा निकै लगनशिल भएर पार्टीमा सकृय रूमा काम गर्दै आएका छन् । सुवेदी प्रदेश कमिटि सदस्य पनि हुन । २०७४ सालको निर्वाचनमा टिकट पाउने चर्चा चलेपनि अन्तमा उनले टिकट पाएका थिएनन ।
तर चर्चामा तामाङ नाम सुनिएपनि पार्टीमा सक्रिय र लोकप्रिय नेताका रुपमा अहिले थापालाई राखिएकोले पनि टिकट पाउने सम्भावना उनको बढि देखिन्छ नेकपाका एक नेताले बताए ।