
उद्योग वाणिज्य संघ पुनर्वासद्वारा विश्व खोज दैनिकका कार्यकारी सम्पादक जोशी सम्मानित
पुनर्वास– कैलालीको धनगढीबाट प्रकाशित हुने विश्व खोज दैनिक पत्रिकाका कार्यकारी सम्पादक हरिलाल जोशी सम्मानित भएका छन् ।
बुधबार उद्योग वाणिज्य संघ पुनर्वासको चौथो वार्षिक साधारण सभाबाट विश्व खोज दैनिकका कार्यकारी सम्पादक जोशी सम्मानित भएका हुन् ।
लामो समय देखि पत्रकारिता क्षेत्रमा सक्रिय रहि पुनर्वासका विभिन्न व्यवसायिक हितका पक्षमा कलम चलाउँदै आएका उदाउँदा युवा जोशीलाई संघका अध्यक्ष कृष्णबहादुर तामाङ र पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माले प्रमाणपत्र, अबिर र दोसल्ला सहित सम्मानित गरेको हो ।
त्यस्तै कार्यक्रममा अर्का सञ्चारकर्मी पुनर्वास टाईम्सका प्रकाशक लालबहादुर एसके सहित विभिन्न बिद्याका बाह्र जनालाई सम्मान गरेको थियो ।संघको सभाहलमा सम्पन्न कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथ्य तथा संघका अध्यक्ष कृष्णबहादुर तामाङको सभाध्यक्ष रहेको थियो ।