Above Article Ad
  • प्यूठानमा एकै दिन चार शव फेला

    Above Article Content Ad
  • काठमाडौं – प्यूठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा बिहीबार एकै दिन चार जनाको शव फेला परेपछि स्थानीय क्षेत्रमा त्रास र चासो बढेको छ। माडी र लुङ्ग्री खोलाको किनारमा फेला परेका शवहरूको पहिचान अझै खुल्न सकेको छैन ।

    जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार स्वर्गद्वारी नगरपालिका–९ जुडापाटास्थित माडी खोलाको किनारमा करिब १२–१३ वर्षका बालकको शव फेला परेको हो ।

    Article inline ad #1
  • त्यस्तै, स्वर्गद्वारी–३ किमिचौरस्थित माडी खोलाको किनारमा कम्मरभन्दा माथिल्लो भाग मात्र रहेको पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । स्वर्गद्वारी–४ गोठीबाङमा एक महिलाको शव फेला परेको छ भने बिहान करिब ९:३० मा स्वर्गद्वारी–५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा टाउको र बायाँ खुट्टा नभएको अवस्थामा अर्की महिलाको शव फेला परेको हो ।

    Article inline ad #2

    स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय भिङ्ग्रीबाट प्रहरी नायब निरीक्षक हस्ते घर्तीमगरको नेतृत्वमा सात जना, प्रहरी चौकी लामाचौरबाट प्रहरी सहायक निरीक्षक शिवलाल पौडेलको नेतृत्वमा चार जना तथा इलाका प्रहरी कार्यालय बिजुवारबाट प्रहरी निरीक्षक महेश्वरी विष्टको नेतृत्वमा सोधपुछ तथा खोजतलास टोलीसहित १० जना प्रहरी घटनास्थलमा खटिएका थिए ।

    प्रहरीले घटनास्थलबाट आवश्यक प्रमाण सङ्कलन गरेको जनाएको छ । शवहरूको पहिचान, मृत्युको कारण र घटनाको वास्तविक अवस्था खुलाउन थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । एकै दिन विभिन्न स्थानमा चार शव फेला परेकाले स्थानीय बासिन्दा चिन्तित बनेका छन्। प्रहरीले हल्ला वा अनुमानमा विश्वास नगरी कुनै जानकारी भए नजिकको प्रहरी कार्यालयमा दिन अनुरोध गरेको छ

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6