
कञ्चनपुरमा पूर्व सशस्त्र प्रहरी हवलदारको सडक दुर्घटनामा मृत्यु
Above Article Content Ad
धनगढी: कञ्चनपुरमा मलामी जाँदै गरेका एक सेवा निवृत्त सशस्त्र प्रहरी हवलदारको सडक दुर्घटनामा परी मृत्यु भएको छ।
भीमदत्त नगरपालिका–८ तिलाचौरका ४२ वर्षीय नकुल राना छिमेकी गुरुङ थरकी महिलाको मलामीमा जाँदै गर्दा दुर्घटनामा परेका हुन्। प्रहरीका अनुसार भीमदत्त नगरपालिका–९ अन्तर्गत ब्रह्मदेव क्षेत्रमा म १ त ९२५ नम्बरको ट्याक्टरबाट खसेर उनी गम्भीर घाइते भएका थिए।घाइते अवस्थामै रानालाई तत्कालै उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो। तर, अस्पतालमा उपचारका क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।
Article inline ad #1
राना सशस्त्र प्रहरी बलमा हवलदारका रूपमा कार्यरत रहेर सेवा निवृत्त भएका थिए। दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















