
बेलौरीमा घाँस काट्ने क्रममा लत्रिएको विद्युत् तार काटिँदा करेन्ट लागेर एक महिलाको मृत्यु
Above Article Content Ad
बेलौरी – बेलौरीमा घाँस काट्ने क्रममा लत्रिएको विद्युत् तार काटिँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
बुधवार बिहान बेलौरी नगरपालिका ६ भुराकोटकी ५३ वर्षीय अनिता पन्तको नौगाउँस्थित खेतमा घाँस काट्ने क्रममा विद्युत् पोलबाट घरमा लगिएको सप्लाई भुईँमा लत्रिएको तार काटिएर करेन्ट लाग्दा उनको मृत्यु भएको हो ।
Article inline ad #1
खेतमा लत्रिएको विद्युत् तार काटिँदा करेन्ट लागेपछि स्थानीयले देखेर पन्तलाई उपचारका लागि जगदम्बा अस्पताल बेलौरी पुयाइएको थियो । अस्पताल पुयाउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
1
+1
Below Article Content Ad















