Above Article Ad
  • खेलमैदान निर्माणका लागि तोकेको ठाउँ खालि नभएपछि पालिकाद्धारा थप १५ दिने सूचना जारी

    Above Article Content Ad
  • बेलडाँडी, ११, कार्तिक । बेलडाँडी गाउँपालिकाले खेलमैदान निर्माणका लागि प्रक्रिया अघिबढाएको छ ।

    खेलकूदको मध्यमबाट शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकासका लागि बेलडाँडी सरकारले खेलमैदान बनाउन अतिक्रमित ठाउँखालि प्रक्रिया अघिबढाएको हो ।

    Article inline ad #1
  • खेलमैदान निर्माणका लागि पालिकाले यस भन्दा पहिला ३५ दिने सार्वजनिक सूचना जारी गर्दा समेत त्यहाँ बनेका घरटहरा खालि नभएपछि पुनः आज कार्तिक ११ गते १५ दिने घरटहरा हटाउने सूचना जारी गरेको छ । बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाद्धारा हस्ताक्षरित घर टहरा हटाउने सूचनामा भनिएको छ की ः प्रस्तुत विषय सम्बाधमा यस बेलडाँडी गाउँपालिका वडा नं. २ अन्तर्गत गौडी स्थित पूर्व नहर, पश्चिम खोला, उत्तर साविक वाटो एवं दक्षिण सामुदायिक वन तथा साविक जंगल यति चार किल्ला भित्रको जमिनमा खेल मैदान निर्माण गर्ने भनि गाउँ कार्यपालिकाको निर्णय भई सो चारकिल्ला क्षेत्रभित्र रहेका घर टहरा हटाउन हुन भनि मिति २०८१÷०६÷०६ गते ३५ (पैतिस) दिने सार्वजनिक सूचना जारी गरिएकोमा हालसम्म पनि घर टहराहरु नहटाउँदा निर्माण कार्यमा अवरोध भईरहेकोले उक्त चार किल्ला भित्रको जमिनंमा बनेका व्यक्ति तथा संघ–संस्थाका सम्पूर्ण घर टहराहरु यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र हटाउन हुन सम्बन्धीत सबैको जानकारीको लागि पुनः यो सार्वजनिक सूचना प्रकाशित गरिएको जनाए ।

    Article inline ad #2

    बेलडाँडीका अधिकांस युवाहरुको समस्यालाई मध्यनजर गर्दै पालिकाले भब्य खेलमैदान निर्माणका लागि प्रक्रिया अघि बढाउदा त्यहाँ बसेका सुकुम्वासीहरुले आफुहरुको व्यवस्थापन गरिदिए पालिकाले तोकेको ठाउँमा गएर बस्ने जनाउदै आएका छन् । तर त्यस भित्र बसोबास गर्ने अन्यत्र जमिन व्यवस्थापन भएकाहरुले समेत आफुहरुले कमाइखाइ गरि आएको जमिन त्यसै छोड्न नसकिने अडान लिएपछि ३५ दिने सूचनाका बेला टसमस नभएको श्रोतले जनाएको छ ।

    पालिकाले तोकेको क्षेत्र भित्र बसोबास गर्दै आएका वास्तकिव भूमिहिनको व्यवस्थापन गर्ने कुरा अघिबढाएपछि उनीहरु वीचमै विवाद चलेको छ । श्रोतका अनुसार त्यहाँ बसोबास गर्ने वास्तविक सकुम्वासीहरुलाई व्यवस्थापन गर्ने जनाउदा समेत कसैको अनावस्यक उस्काहटमा नलाग्न पालिकाले अनुरोध समेत गरेको छ । राज्यले व्यवस्थापनको जिम्मा लिदालिदै समेत आफ्नो मनोगत तरिकाले सरकार विरुद्ध आन्दोलन गर्न खोज्नेहरुलाई समेत त्यस्तो कार्यमा नलाग्न आग्रह गरेको छ ।

    विभिन्न कुलतबाट युवाहरुलाई जोगाउन पछिल्लो समय खेलकुद आवाश्यक रहेको भन्दै खेल क्षेत्रलाई विशेष प्राथमिकताका साथ अघि बढाउनुपर्ने पालिका प्रमुख हरिशचन्द्र रानाको बुझाई छ । अहिले सम्म बेलडाँडीमा आफ्नो खेलमैदान छैन् । खेलमैदान नहुदा यहाँका खेलाडीहरु ओझेलमा परेको भन्दै पालिका गम्भिरतापूर्वक खेलमैदान निर्माणका लागि लागेको भन्दै यस कार्यमा सबैपक्षको साथ सहयोगको आवस्यकता रहेको जनाउनु भयो ।

    बेलडाँडी गाउँपालिकाका अधिकांस नागरिकले पालिकाको यस्तो निर्णय स्वागतयोग्य भएको जनाउदै आएका छन् । बेलडाँडी बासीका अनुसार पालिकाले खाली गराउन लागेको क्षेत्र भित्रका कोही बास्तकि भूमिहिन भए त्यस्ताको व्यवस्थापन गरेर ठाउँ खालि गर्न सुझाव दिएका छन् । तर त्यस भित्र अधिकांस अन्यत्र व्यवस्था भएकाहरुलाई कुनै व्यवस्थापन नगर्न सकारलाई सुझाव दिइराखेका छन् । उनीहरुका अनुसार त्यो ग्रिनबेल्ट हो त्यो बस्तीको विचमा संरक्षण गरि राखिएको ठाउँ हो कसैले आफु खुसी कानुन हातमा लिएर अतिक्रमण गर्छ भने त्यसको जिम्मेवार स्वयम त्यसैले लिनुपर्ने बताए ।

    अधिकांस बेलडाँडीबासीहरु भन्छन् हामीले ताकत हुदाहुदै पनि सो क्षेत्र अतिक्रमण नगरेको हो, कानुन हातमा लिनुहुदैन भन्ने मान्यताले मात्र हामीले अतिक्रमण नगरेको जनाउछन् । संरक्षण गरेर राखिएको जग्गा खालिहुनुपर्नेमा जोड दिए । बेलडाँडी क्षेत्रको खेलकुद विकासका लागि बेलडाँडी प्रमुख राना सक्रिय भएका छन् तर तिनलाई फेल गर्न ठुलोशक्तिको चहलखेल भइरहेको छ । एमाले सरकारले नर्गन सकेको काम राना नेतृत्वको सरकारले धमाधम गरिरहेको स्थानीयको बुझाई छ । एमाले नेतृत्वकै पालामा ग्रिनबेल्ट संरक्षण गर्ने, त्यहाँ घरटहरा नबनाउन दिने, हरियो बगैचा निर्माण गर्ने, अतिक्रमण गर्नेहरुलाई कानुन बमोजिम कार्वाही गर्ने निर्णय गरिसेको छ भने । त्यस भन्दा पहिला सर्वदलियले समेत उक्त क्षेत्र अतिक्रमणबाट जोगाई हरियो बगैचा बनाउने निर्णय गरेको छ । सोहि निर्णय बमोजिम अध्यक्ष रानाले मध्यमार्गी खेलमैदानको अवधारणा ल्याएका हुन ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by