Above Article Ad
  • अध्यक्ष ओलीले भने एमालेले मात्रै देशलाई सही बाटोमा फर्काउन सक्छ

    Above Article Content Ad
  • काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले मात्रै मुलुकलाई सही बाटोमा फर्काउने दाबी गरेका छन् ।

    जेनजी आन्दोलनपछि पहिलो पटक शनिबार भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

    Article inline ad #1
  • अध्यक्ष ओलीले राष्ट्रलाई जोगाउन र शान्ति तथा समृद्धिको बाटोमा फर्काउन संयमताका साथ एकताबद्ध भएर अघि बढ्न पनि सिङ्गो पार्टी पङ्क्ति र देशवासीलाई आह्वान गरे ।

    Article inline ad #2

    एमालेका कार्यकताहरुको घर जलेको, ठुलो क्षति भएको भए पनि एमाले कार्यकर्तालाई हरेश नखान ओलीको आग्रह थियो । उनले मुलुकलाई अघि बढाउन राष्ट्रिय एकता र समझदारी आवश्यक रहेको पनि बताए ।

    अध्यक्ष ओलीले भने, ‘नेकपा (एमाले)का कार्यकर्ताहरूलाई भन्न चाहन्छु– घर जले । कतिपय ठुलो क्षति भयो एउटा परिस्थितिमा । तर हरेश नखानु । एमालेले नै यो यस देशलाई फेरि सही बाटोमा फर्काउने । त्यसकारण म एमालेका साथीहरूलाई हरेश नखान आग्रह गर्न चाहन्छु । सिङ्गै देशवासीलाई आग्रह गर्न चाहन्छु–हरेश नखानुस् । सबैलाई भन्न चाहन्छु–संयम अपनाउन यतिबेला । र, आक्रोश, रिसराग,  वैरभाव होइन, राष्ट्रलाई जोगाउन र शान्ति र समृद्धिको बाटोमा फर्काउन एकता चाहिएको छ । समझदारी चाहिएको छ । त्यसअनुसार अगाडि बढौँ । आग्रह गर्न चाहन्छु ।’

    अध्यक्ष ओलीले आक्रोश, रिसराग र वैरभाव छोडेर देशलाई अघि बढाउन सबैले अग्रसरता दिनुपर्ने समेत बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by