Above Article Ad
  • बाजुराका दुई वटा सामुदायिक वनमा आगलागी, लाखौँभन्दा बढीको क्षति

    Above Article Content Ad
  • बाजुराः बाजुराका दुई वटा सामुदायिक वनमा आगलागी हुँदा लाखौँको क्षति भएको छ।

    हिउँदको सुक्खा महिना यसरी अज्ञात समुहले वनमा लगाएको आगोले वनमा डढेलो फैलिँदै गएपछि अहिले वनमा रहेका विभिन्न प्रकारका बोट बिरुवा सबै नष्ट भएको बुढीगङ्गा नगरपालिका–१ लामाबान्नु सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष ललित थापाले बताए।

    Article inline ad #1
  • यसरी वनमा आगो लगाउने गरेकोले यहाँ रहेका बोट विरुवाहरु मर्ने र बन सखाप हुने गरेका छन्। सामुदायिक वनको रक्षा गर्न यहाँका स्थानीयकै जिम्मेवारी बढी हुने गरेको भएपनि स्थानीयद्वारा नै सामुदायिक वनमा आगो लगाउने काम भएकोले त्यसले वातावरण प्रदूषणसँगै नयाँ उम्रेका करोडौं साना बोट नष्ट भएका छन्।

    Article inline ad #2

    मावन जीवनका लागि एक दमै महत्वपूर्ण रहेको वनमा पछिल्लो समय आगलागी हुन थालेपछि अहिले गाउँ बस्तीको हावापानी समेत प्रदूषण हुँदै गएको छ। चैतदेखि जेठसम्म वनमा आगलागी हुने सम्भावना धेरै रहेकोले यहाँका स्थानीयलाई सजग हुन लागि जिल्लास्थित विभिन्न पत्र पत्रिका मिडियामा वन डढेलो सम्बन्धीत सुचना प्रसारण गर्नका आवश्यक छ। यसका लागि त्यहाँका स्थानीय सरकारले आर्थिक सहयोग गर्नु पर्ने हो तर अहिले सम्म गरेको देखिँदैन।

    आगलागी हुने कुरा प्राकृतिक प्रकोपले कमै हुन्छ। यो त्यहाँका स्थानीयले नै आगो लगाउँने काम गर्दै आएकोले बनमा ठुलो क्षति हुँदै गएको छ। जुन व्यक्तिले वनमा आगो लगाउँछ। त्यो व्यक्तिलाई कारबाही गर्ने व्यवस्था भएपनि यो कुरा स्थानीयले नमान्ने गरेकोले वनमा आगलागी हुने क्रम बढ्दै गएको छ।

    सामुदायिक वनमा यदी कसैले जानीजानी आगो लगायो भने निजलाई ६० हजार जरिवाना र तीन महिना कैदको व्यवस्था रहेको वन एनमा उल्लेख छ। फागुन चैतमा जिल्लाको हिमाली, जगद्दनाथ, स्वामिकार्तिक, बुढीनन्दा, बडिमालिका, गौमुल, बुढीगङ्गा, त्रिवेणी र छेडेदहलगायतका स्थानीय तहमा रहेको सामुदायिक बनमा यसरी वर्षेनी आगलागी हुने गरेका छन्।

    आगो लगाउँदा वनमा गाँजो राम्रो पलाउने भएकोले यहाँका स्थानीय आफैंले आगो लगाउने गरेको कतीपयको बुझाइ छ। पछिल्लो समय बाजुराका विभिन्न सामुदायिक वनमा आगलागी भइरहेकोले त्यसलाई रोक्न स्थानीयलाई सुसूचित गर्दै आएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

    जिल्लाका नौ वटै स्थानीय निकायमा अहिले झण्डै ३५० वटा सामुदायिक वन छन्  बाजुरामा ९४ हजार १५० हेक्टर वनको क्षेत्रफल रहेको डिभिजन कार्यालय बाजुराका प्रमुख सुरेश चन्द डिसीले बताए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by