Above Article Ad
  • कैलालीको नोभा अस्पतालको शौचालयमा एक व्यक्तिको मृत अवस्थामा फेला

    Above Article Content Ad
  • धनगढी: कैलालीको धनगढीस्थित नोभा अस्पतालको शौचालयमा एक व्यक्तिको मृत अवस्थामा फेला परेका छन्। कञ्चनपुरको बेदकोट नगरपालिका–६ सिसैयाका २५ वर्षीय रविन्द्र राना मृत फेला परेका हुन्।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराका अनुसार घटना आज बिहान करिब २:३० बजे भएको हो। उनका अनुसार राना आफ्नो बिरामी भतिजाको कुरुवाका रूपमा अस्पतालमा बसेका थिए।

    Article inline ad #1
  • “राना राति करिब २ बजेतिर शौचालय गएका थिए। लामो समयसम्म नफर्किएपछि अस्पतालका सुरक्षा गार्डले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए,” डीएसपी बोहराले जानकारी दिए।

    Article inline ad #2

    हाल मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by