Above Article Ad
  • डिउटी सकेर कार्यालय फर्किने क्रममा बिरामी परेका प्रहरी हवलदारको निधन, गोदावरी आर्यघाटमा अन्त्येष्टि

    Above Article Content Ad
  • धनगढी – डिउटी सकेर कार्यालय फर्किने क्रममा बिरामी परेका प्रहरी सहायक हवलदार डिलबहादुर बोगटीको उपचारका क्रममा मृत्यु भएको छ ।

    सल्यानको शारदा नगरपालिकामा रहेको अस्थायी प्रहरी पोष्टमा कार्यरत बोगटी डिउटी सकेर कार्यालय फर्किने क्रममा छाती र पेट दुख्ने तथा बान्ता हुने समस्या देखिएपछि जिल्ला अस्पतालमा भर्ना भएका थिए ।

    उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीले जानकारी दिए । उनका अनुसार अस्पताल पुगेपछि केही समय बोगटीको स्वास्थ्यमा सुधार आएको थियो । आफूलाई प्रेसरको समस्या रहेको समेत उनले बताएका थिए । तर, पछि उपचारकै क्रममा उनको मृत्यु भएको डीएसपी पातलीले बताए ।

    Article inline ad #1
  • कञ्चनपुरको अमरबस्ती घर भएका बोगटीको पुर्ख्यौली घर डोटीको सायल गाउँपालिका–५ मा रहेको थियो । उनी केही समयअघि कञ्चनपुरको अमरबस्तीमा बसाइँ सरेका थिए । बोगटीले सानै उमेरमा बुवा गुमाएका थिए । पारिवारिक संघर्षबीच हुर्किएका उनले नेपाल प्रहरीमा सेवा प्रवेश गरेका उनको परिवारमा श्रीमती, ३ वर्षका छोरा र ६ वर्षकी छोरी छन् ।

    Article inline ad #2

    डिउटी सकेर फर्किने क्रममा बिरामी परेर ज्यान गुमाएका बोगटीको शव आइतबार कञ्चनपुर ल्याइएको थियो । शव कञ्चनपुर ल्याउन सल्यानका डीएसपी दीपक पातलीलगायतले सहयोग गरेका थिए ।

    बोगटीको सोमबार गोदावरी आर्यघाटमा हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको परिवारले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6