Above Article Ad
  • बच्चाहरुमा आउने साना घाउखटिरा निको पार्न घरेलु उपचार

    Above Article Content Ad
  • एजेन्सी-वर्षाको मौसममा प्राय भाइरल इन्फेक्शनको समस्या बढ्ने गर्छ । जसकारण बच्चाहरुमा एलर्जी तथा इन्फेक्शनको सम्भावना अत्यधिक हुन्छ ।

    साथै बच्चाको शरीरमा विभिन्न खाले घाउखटिरा आउने गर्दछन् । जसबाट हरेक आमाबुवा चिन्तित हुन्छन् । केही घरेलु उपचार विधि छन् जसलाई अपनाएर यस्ता घाउखटिरा निको पार्न सकिन्छ ।

    Article inline ad #1
  • बेसारको लेप

    Article inline ad #2

    वर्षातको मौसममा साना साना घाउखटिरा आएको खण्डमा उक्त स्थानमा बेसारको लेप बनाएर लगाउन सकिन्छ । बच्चाको हातखुट्टामा यस्ता घाउ बढी आउने हुँदा ति अंगमा बेसारको लेप लगाउन सकिन्छ । यसले इन्फेक्शन हुन रोक्छ र घाउ पनि छिटो निको हुन्छ ।

    तुलसीको पेस्ट

    त्यस्तै तपाईंले यस्तो इन्फेक्शन तथा घाउखटिरा निको पार्नका लागि तुलसीको पातको पेस्ट बनाएर लगाइदिन पनि सक्नुहुन्छ ।

    तुलसीमा पाइने एन्टीफंगल तथा एन्टीब्याक्टेरियल गुणले संक्रमणलाई कम गर्छ र घाउखटिरा छिटो निको हुन्छ ।

    एलोभेरा जेल

    त्यस्तै यस्तो घाउखटिरामा एलोभेरा जेलको पनि प्रयोग गर्न सकिन्छ । यसले पनि संक्रमणलाई रोकी घाउलाई छिटो निको बनाउन सहयोग पुग्छ । साथै सुन्निएको तथा दुखेको पनि कम हुन्छ ।

    नरिवलको तेल

    मनतातो तेलले बच्चालाई दैनिक मालिस गरेमा पनि यस्ता घाउखटिरा आउनबाट रोक्न सकिन्छ । यदि बच्चालाई यस्तो इन्फेक्शन भइसकेको छ भने पनि त्यस्तो ठाउँमा मनतातो नरिवलको तेल लगादिन सकिन्छ । यसले घाउ चिलाउने तथा अन्य ठाउँमा फैलनबाट रोक्छ ।

    गाईको दुध

    गाईको दुध तथा मलाई पनि लगाउन सकिन्छ । यसलाई केहीबेर घाउ भएको ठाउँमा लगाउने र सफा पानीले धुने गरेमा घाउहरु छिटो निको हुन्छन् ।

    साथमा यसले दागहरु बन्न पनि दिँदैन जसले गर्दा छाला पहिलेजस्तै राम्रो हुन्छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by