Above Article Ad
  • मन्त्री छान्न कांग्रेसका दुवै समूह घनिभूत छलफलमा

    Above Article Content Ad
  • धनगढी-सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसभित्र मुख्यमन्त्री कमलबहादुर शाह र असन्तुष्ट पक्षका नेता दिवानसिंह विष्टबीचको विवाद मन्त्रालय भागबन्डामा टुङ्गिएसँगै दुबै पक्ष नयाँ मन्त्री छान्न आन्तरिक छलफलमा व्यस्त भएका छन्।

    मुख्यमन्त्री पक्ष र विष्ट पक्षका सांसद नयाँ  मन्त्रीको नाम टुङ्गो लगाउन घनिभूत छलफलमा जुटेका हुन्।शनिबार काँग्रेस महामन्त्री उदयशम्शेर राणाको उपस्थितिमा सरकार पुनर्गठन गर्ने समझदारी बनेको काँग्रेस प्रमुख सचेतक विक्रमसिंह धामीले बताए।

    Article inline ad #1
  • मुख्यमन्त्री शाह पक्षका प्रमुख सचेतक धामीका अनुसार काँग्रेसको भागमा रहेका तीन मन्त्रालयमध्ये एक मन्त्रालय र एक राज्यमन्त्री शाह पक्षसँग तथा दुई मन्त्रालय र एक राज्यमन्त्री असन्तुष्ट पक्षले पाउने सहमति जुटेको हो ।

    Article inline ad #2

    भागबन्डाअनुसार आर्थिक मामिला मन्त्रालय मुख्यमन्त्री पक्षले पाउनेछ भने सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय असन्तुष्ट अर्थात् विष्ट पक्षले पाउनेछन्। यस्तै, सामाजिक विकास मन्त्रालयको राज्यमन्त्री मुख्यमन्त्री पक्ष तथा आर्थिक मामिलाको राज्यमन्त्री असन्तुष्ट पक्षले पाउने निश्चित भएको हो।

    मुख्यमन्त्री शाह पक्षमा ९ जना सांसद छन्। जसमा बहालवाला तीन जना मन्त्री, दुई जना राज्यमन्त्री सहित प्रमुख सचेतक विक्रमसिंह धामी, मधु भारती र डम्बरी महरा छन्।

    उनीहरू मध्ये आर्थिक मामिला मन्त्रीमा विक्रमसिंह धामी र डम्बरी महराको दाबी छ। प्रमुख सचेतक धामीले आर्थिक मामिला मन्त्रीमा आफ्नो पनि स्वाभाविक दाबी रहेको बताएका छन्। उनले मन्त्री र राज्यमन्त्रीको टुङ्गो भने नलागेको बताए। धामीका अनुसार मुख्यमन्त्री पक्ष पनि मन्त्री र राज्यमन्त्रीको नाम टुङ्ग्याउन आन्तरिक छलफलमा जुटेको छ।

    यी हुन् विष्ट पक्षका आकांक्षी
    असन्तुष्ट पक्षका सांसदहरू पनि दुई मन्त्री र एक राज्यमन्त्रीको नाम टुङ्गो लगाउन आन्तरिक छलफलमा जुटेका छन्। असन्तुष्ट पक्षका सांसद मानबहादुर रावलका अनुसार मन्त्री र राज्यमन्त्रीको टुङ्गो लगाउन अहिले आन्तरिक छलफल भइरहेको छ। आजको छलफलबाटै नाम टुङ्गो लाग्ने उनले बताए।

    असन्तुष्ट पक्षमा रहेका आठ जना सांसदमध्ये सात जना मन्त्रीका आकांक्षी रहेको बताइन्छ।

    असन्तुष्ट पक्षका नेता दिवानसिंह विष्टले भने आफू मन्त्री नबन्ने बताएका छन्। विष्ट पक्षका बाजुराका पदम शाही, अछामका मानबहादुर रावल, कञ्चनपुरका बेलबहादुर राना र गीता चौधरी तथा कैलालीका तुलसी देवकोटा र ललिता सुनार मन्त्री र राज्यमन्त्रीको दौडमा छन्।

    दुबै पक्षले आइतबार भित्रै मन्त्री र राज्यमन्त्रीको नाम टुङ्गो लगाउने गरी घनिभूत छलफलमा रहेको बताएका छन्।

    दिनेश खबरबाट साभार

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6