
पुनर्वासको आइ.बि.आर.डी.मा ट्राफिक प्रहरी देखिएपछि मोटरसाइकल चलाउनेको भागाभाग
पुनर्वास-कञ्चनपुरको पुनर्वास नगरपालिका ३, आइ.बि.आर.डी. बजारमा ट्राफिक प्रहरी चेकजाँचमा देखिएपछि नियम विपरीत सवारी चलाउनेहरूको भागाभाग भएको छ ।
दुर्घटना न्यूनीकरण गर्न गाउँबस्तीहरूमा पनि ट्राफिक प्रहरी देखिन थालेपछि नियम विपरीत सवारी चलाउनेहरूको भागाभाग देखिएको थियो।
चेकजाँचका क्रममा बिना हेल्मेट सवारी चलाउने र कम उमेरका बालबालिकाहरूले मोटरसाइकल चलाईरहेको बढी भेटिएको ट्राफिक प्रहरी पोस्ट त्रिभुवनबस्तीका प्रमुख हवलदार टिकाराज जोशीले जानकारी दिए ।
“आफ्नै सुरक्षाका लागि लगाउनुपर्ने हेल्मेट पनि लगाइदिनुस् भन्दा अटेरी गर्ने साधनहरूलाई हामीले कारबाहीको दायरामा ल्याइरहेका छौं ।” ट्राफिक हवल्दार जोशीले भने, “चेकजाँच गर्ने निकै कठिनाइ छ । सम्झाउन खोज्दा पनि उल्टै झगडा गर्न खोज्छन् ।”
ट्राफिक प्रहरीको नियमित चेकजाँचले मोटरसाइकल चलाउँदा हेल्मेट अनिवार्य लगाउनुपर्छ भन्ने सोचको विकास हुने ट्राफिक हवल्दार जोशीको भनाइ छ।
शुक्रबार साँझ आइबिआरडी बजारमा १० मिनेट मात्रै ट्राफिक चेकिङ हुँदा नियम विपरीत सडकमा चलाइरहेका एक दर्जन मोटरसाइकल नियन्त्रण गरेको थियो।