Above Article Ad
  • सुदूरपश्चिमको स्वास्थ्य सेवामा २२ वर्षदेखिको विश्वासिलो नाम बन्दै नवजीवन अस्पताल

    Above Article Content Ad
  • धनगढी । सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य सेवाको क्षेत्रमा करिब २२ वर्षदेखि निरन्तर सेवा दिँदै आएको नवजीवन अस्पताल प्रा.लि. अहिले यस क्षेत्रकै विश्वासिलो र अग्रणी स्वास्थ्य संस्थाका रूपमा स्थापित हुँदै गएको छ।

    गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचभित्र पु¥याउने उद्देश्यका साथ सञ्चालनमा आएको अस्पतालले समयअनुसार आधुनिक प्रविधि, दक्ष जनशक्ति तथा विशेषज्ञ चिकित्सकमार्फत सेवा विस्तार गर्दै आएको छ।

    Article inline ad #1
  • अस्पतालमा न्युरो सर्जरी, जनरल सर्जरी, ओर्थोपेडिक, युरोलोजी, नाक–कान–घाँटी (ईएनटी), साइक्याट्रिक, फिजियोथेरापी, पेडियाट्रिक, गाइनो, डेन्टल तथा इन्डोस्कोपी सेवा प्रभावकारी रूपमा सञ्चालनमा रहेका छन्। त्यस्तै ईसीजी, सिटी स्क्यान, भिडियो एक्स–रे, अत्याधुनिक ल्याब सेवा, आकस्मिक सेवा, आइसीयू, एनआइसीयू, पोस्ट अप केयर तथा सुविधासम्पन्न वार्ड सेवा समेत उपलब्ध रहेको अस्पताल प्रशासनले जनाएको छ।
    विशेषगरी जटिल तथा गम्भीर अवस्थाका बिरामीलाई समयमै उपचार सेवा उपलब्ध गराउन अस्पतालले आधुनिक स्वास्थ्य उपकरणसहित दक्ष चिकित्सक र स्वास्थ्यकर्मी परिचालन गर्दै आएको छ। अस्पतालमा बिरामीको उपचारसँगै आत्मीय व्यवहार र सहज सेवाप्रवाहलाई समेत प्राथमिकतामा राखिएको बताइएको छ।

    Article inline ad #2


    त्यसैगरी सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै अस्पतालले सामाजिक सुरक्षा कोष उपचार सेवा, आमा सुरक्षा कार्यक्रम तथा निशुल्क डायलासिस सेवा सञ्चालन गर्दै आएको जनाएको छ। यस्ता सेवाबाट आर्थिक अवस्था कमजोर भएका बिरामीहरूले समेत प्रत्यक्ष लाभ लिइरहेको अस्पतालको दाबी छ।

    अस्पतालका सिइओ (कार्याकारी अधिकृत ) चक्र खडायत तथा मेडिकल अफिसर डा. बिदुर मणि ढकाल ले बिरामीको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै सहज, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल प्रतिबद्ध रहेको बताएका छन्।

    उहाँहरूका अनुसार सुदूरपश्चिमका बिरामीलाई सामान्य उपचारका लागि समेत बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यसहित अस्पतालले निरन्तर सेवा विस्तार गरिरहेको छ। आगामी दिनमा थप अत्याधुनिक उपकरण र विशेषज्ञ सेवा थप गर्दै स्वास्थ्य क्षेत्रमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अस्पतालको लक्ष्य रहेको सिइओ खडायत ले बताए ।

    विश्वास, सेवा र समर्पणलाई मुख्य आधार बनाएर अघि बढिरहेको नवजीवन अस्पताल प्रा.लि. आज सुदूरपश्चिमका हजारौं नागरिकको भरोसाको केन्द्र बन्न सफल भएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6