Above Article Ad
  • कैलालीमा लागू औषध सहित चार जना पक्राउ

    Above Article Content Ad
  • धनगढी-कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन्।

    जिल्लाको धनगढी उपमहानगरपालिका–१३ एयरपोर्ट मोडबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम २३० मिलिग्राम धुलो पदार्थसहित सोही ठाउँका १९ वर्षीय लक्ष्मण राना सोमबार साँझ पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले शंकाका आधारमा चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेको जनाएको छ।

    Article inline ad #1
  • त्यसैगरी भजनी नगरपालिका–३ कुसुमघाटबाट ७९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–७ का २८ वर्षीय शिव कामी र एक १७ वर्षीय किशोर रहेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरी चौकी जनकपुरबाट खटिएको टोलीले भे ७ प ४४० नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा लागूऔषध फेला परेको थियो। प्रहरीले मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।

    Article inline ad #2

    यस्तै, भजनी नगरपालिका–८ काँडाबाट १ ग्राम १२० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित जानकी गाउँपालिका–२ का २९ वर्षीय दीपक दमाई पक्राउ परेका छन्। प्रहरी चौकी जनकपुरबाट खटिएको टोलीले शंकास्पद रूपमा पैदल हिँडिरहेका उनलाई चेकजाँच गर्दा लागूऔषध फेला पारेको जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6