Above Article Ad
  • कञ्चनपुर १ का माननीय धामीको प्राथमिकता : नेपालीको लालपुर्जामा भारतीयको भोगचलन कहिलेसम्म ?

    Above Article Content Ad
  •  काठमाडौं -रास्वपाका सांसद जनकसिंह धामीले आफ्नो निर्वाचन क्षेत्रका जनताहरू सीमा विवाद र खुला सीमाका कारण समस्यामा रहेको बताएका छन् ।

    बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘सीमा विवाद र खुला सीमाका कारण मेरो क्षेत्रका जनताहरूले ठूलो चुनौतीको सामना गर्नु परेको छ । जहाँ गोविन्द गौतम सहीद पनि भएका थिए ।’धामी कञ्चनपुर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

    Article inline ad #1
  • आफ्नो क्षेत्रको समस्या संसद्मा राख्दै उनले भनेका छन्, ‘नेपालीहरूको हातमा लालपुर्जा छ । जग्गा भारतीयहरूको चलनभोगमा छ ।’

    Article inline ad #2

    उनका अनुसार ३८ नम्बर छेउछाउ भारतीय पक्षले हुलाकी सडक निर्माणमा अवरोध गरिरहेको छ । बेलौरी भन्सार स्तरउन्नती नहुँदा राजश्व संकलन न्यून रहेको पनि उनले बताए ।

    क्वारेन्टाइनको व्यवस्था नहुँदा नेपालीहरूको स्वास्थ्यमा नकारात्मक असर परिरहेको भनेर उनले सरकारको ध्यानाकर्षण गरे ।

    उनी थप्छन्, ‘खुला सीमाका कारण लागूऔषध ओसारप्रसार र दुर्व्यसनले युवाहरूको भविष्य जोखिममा छ ।’

    सीमा क्षेत्र व्यवस्थापन नहुँदा स्थानीय किसान र व्यापारीहरू समेत मर्कामा रहेको उनले सुनाए ।

    यी विवरण राख्दै उनले भनेका छन्, ‘अत सीमा समस्या र व्यवस्थापनका लागि उच्चस्तरीय कुटनीतिक पहल गरियोस् भनी सम्माननीय सभामुखज्यू र सदनमार्फत म सरकारसमक्ष माग गर्दछु ।’

    अनलाइन खबरबाट साभार

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6