
बाजुराको रानीसैन युवालाई रोजगारी दिँदै
धनगढी –बाजुराको पर्यटकीय स्थलका रूपमा रहेको रानीसैन पछिल्लो समय यहाँका बेरोजगार युवाको रोजगारीको माध्यम बनेको छ । रानीसैन अत्यन्तै आकर्षक तथा मनमोहक ठाउँ भएकाले त्यहाँ पुग्नका लागि पनि सहज बाटो नबन्दा गुमनाम जस्तै रहँदै आएको थियो ।
उनका अनुसार केही वर्ष पहिला रानीसैन निकै गुमनाम थियो । अहिले स्थानीय सरकारले यहाँ जाने गोरेटोबाटोसम्म निर्माण गरेपछि यो प्रचारप्रसारमा आउन थालेको छ । अहिले यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्रिन थालेपछि उनीहरूको सामान बोकेर पनि यहाँका बेरोजगार युवाले दैनिक तीन हजार रुपियाँसम्म कमाउन थालेका छन् । उनी भन्छन्, “यो पर्यटकीयस्थललाई अझै व्यवस्थित गर्न सकेमा हिमाली गाउँका स्थानीयको लागि ठुलो अवसर सिर्जना हुन सक्थ्यो । जिल्लाभरिका युवा बेरोजगारी बस्नु पर्दैनथ्यो ।” उनका अनुसार अहिले यहाँ आएका पाहुनालाई खाने, बास बस्ने ठाउँ राम्रो छैन । त्यसको उचित व्यवस्थापनका लागि भौतिक पूर्वाधार विकासमा जोड दिनु पर्छ । जिल्ला सदरमुकाम मार्तडीदेखि करिब १६५ किलोमिटर दुरीमा रहेको यो रानीसैनबाट छिमेकी जिल्ला बझाङको साइपाल र मानसरोवर जान नजिक पर्छ ।















