Above Article Ad
  • प्रदेश सभा सदस्य बिष्टद्वारा १५ शैय्या अस्पतालको शिलान्यास

    Above Article Content Ad
  • कञ्चनपुर,१० चैत । सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह विष्टले कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा १५ शय्या अस्पतालको शिलान्यास गरेका छन् । शुक्रवार एक कार्यक्रमकाबीच १५ शय्या अस्पतालको शिलान्यास गरेका हुन् ।

    शिलान्यास कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य विष्टले बेलडाँडी गाउँपालिकालाई ५ वर्षमा नमुना गाउँपालिका बनाउने लक्ष्य रहेको बताए ।

    Article inline ad #1
  • ‘म जे बोल्छु त्यो गर्छु’, उनले भने, ‘जसरी यहाँका जनताले मलाई यहाँ सम्म पुगाएका छन् उहाँको त्यो आशालाई म कदापि तल हुन दिने छैन । बेलडाँडी गाउँपालिकालाई आगामी पाँच वर्षमा नमुना गाउँपालिका बनाउने लक्ष्य छ ।’

    Article inline ad #2
  • स्वास्थ्य क्षेत्र विकासका लागि सुदूरपश्चिम प्रदेश सरकारको साथ सहयोग जुटाउन सदैव पहल गर्ने बताए । अस्पतालको निर्माण कार्यमा बजेटको अभाव हुन दिने छैन,‘अस्पताल निर्माणको काममा निर्माण कम्पनीलाई तोकिएको समय भित्र निर्माण काम सक्न अनुरोध गरेको छु । पालिकालाई विकास गर्नको लागि सबै एकजुट भएर काम गर्न अगाडि बढ्न आवश्यक छ ।’

    २०८१ मङ्सिर ६ सम्म निर्माण सम्पन्न हुने १५ शय्याको अस्पताल १६ करोड ५१ लाख ६२ हजार ५७७ को लागतमा निर्माण गरिने उक्त अस्पताल भवनको निर्माणको जिम्मेवारी निर्माण कम्पनी बङ्गलामुखी बैजनाथ जेभिले पाएको छ । बेलडाँँडीमा १५ शय्याको अस्पताल निर्माणको काम अघि बढेपछि यहाँका स्थानीय समेत हर्षित भएका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button