Above Article Ad
  • बैतडीको दशरथचन्द नगरपालिका आधारभुत तह कक्षा ८ को नतिजा प्रकाशित

    Above Article Content Ad
  • धनगढीः बैतडीको दशरथचन्द नगरपालिकामा आधारभुत तह कक्षा ८ को परिक्षामा ५८.६० प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन।

    केदारबाट २२ जनाले परिक्षा दिएकामा ४ जना मात्रै पास भएका छन भने जगन्नाथबाट ९ र जनचेतनाबाट ८ जनाले परिक्षा दिएकामा १÷१ जना मात्रै पास भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रसाद भट्टले जानकारी दिए। नगरपालिकाले गएको फागुन २६ गतेदेखि चैत ५ गतेसम्म परिक्षा सञ्चालन गरेको थियो।

    Article inline ad #1
  • परीक्षामा अनुत्तिर्ण भएका ३ सय ५१ जना परीक्षार्थीमध्ये बढीमा दुई बिषयमा ननग्रेड ल्याएका परीक्षार्थीहरुलाई स्तरवृद्धि परीक्षामा सहभागी गराइने शिक्षा शाखा प्रमुख भट्टले बताए। दशरथचन्द नगरपालिकामा १ सय ८७ जना परीक्षार्थीहरुले स्तरवृद्धि परीक्षामा सहभागिता जनाउने पाउनेछन्। त्यस्ता विद्यार्थीहरुले चैत मसान्तभित्र परीक्षा फारम भरिसक्नुपर्नेछ। कक्षा ८ को स्तरवृद्धि परीक्षा वैशाख १५ र १६ गते सञ्चालन गर्ने तयारी भएको शिक्षा शाखा प्रमुख भट्टले बताए।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by