Above Article Ad
  • विद्युत कटौतीविरुद्धको आन्दोलनमा बोल्दै गर्दा जिफन्ट नेताको निधन

    Above Article Content Ad
  • धनगढी-नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत कटौतीको विरोधमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा जिफन्ट (नेपाल ट्रेड युनियन महासङ्घ) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ।

    भैरहवास्थित विद्युत कार्यालय अगाडि भएको धर्ना कार्यक्रममा बोल्दै गर्दा अचानक ढलेका गौतमलाई तत्कालै मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। यो जानकारी रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष बाबुराम बोहराले दिएका हुन्।

    Article inline ad #1
  • गौतमले बुधबार सिद्धार्थ उद्योग वाणिज्य सङ्घमा बसेको बैठकमा आफ्नो संगठन जिफन्ट संस्थागत रूपमा आन्दोलनमा सहभागी हुने निर्णय गरेको बताएका थिए। उक्त निर्णयअनुसार उनी बिहीबारको धर्ना कार्यक्रममा सहभागी भएर श्रमिकहरूलाई एकजुट हुन आग्रह गरिरहेका थिए।

    Article inline ad #2

    आक्रोशित मुद्रामा सम्बोधन गर्दै उनले सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाएका थिए र श्रमिकहरूलाई आफ्नो अधिकारका लागि लड्न आग्रह गरेका थिए। “हामी श्रमिकहरूलाई गुमाउन चाहँदैनौं,“ भन्दै गर्दा उनको बोली लरबरियो र त्यसपछि उनी मञ्चमै ढले।

    उनी ढलेलगत्तै उपस्थित उद्योगी तथा व्यवसायीहरूले उनलाई गाडीमा राखेर अस्पताल पु¥याएका थिए। उद्योगी बोहराका अनुसार उनलाई अस्पताल पु¥याउन करिब १२ मिनेट लागेको थियो तर डाक्टरहरूले उनलाई बचाउन सकेनन्।

    ६२ वर्षीय गौतमको स्थायी बसोबास बुटवलको लक्ष्मीनगरमा रहेको थियो। उनका श्रीमती र दुई छोरा रहेका छन्। दुई दिनअघि मात्रै उनी काठमाडौंबाट फर्किएर यो आन्दोलनको नेतृत्व गर्न भैरहवा आएका थिए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by