Above Article Ad
  • सुदूरपश्चिमका तीन जिल्लामा ७ लाख बढीको अवैध भन्सार छलीका सामान बरामद

    Above Article Content Ad
  • धनगढी-सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याइएका सामानहरू प्रहरीले बरामद गरेको छ।

    कैलाली जिल्लाका विभिन्न स्थानबाट करिब १ लाख ६८ हजार ५० रुपैयाँ बराबरका किराना सामग्री, सिद्रा माछा लगायतका वस्तुहरू जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका गस्ती टोलीले मंगलबार बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

    Article inline ad #1
  • त्यस्तै, कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट करिब ५ लाख ९ हजार ७ सय रुपैयाँ बराबरका फेन्सी सामानसहित बा५२ प २४३६ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ। उक्त सामग्री जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले बेवारिसे अवस्थामा फेला पारेको हो।

    Article inline ad #2

    यस्तै, दार्चुला जिल्लाको लेकम गाउँपालिका–५ चौपाता क्षेत्रबाट करिब ५२ हजार १० रुपैयाँ बराबरका श्रृङ्गार सामग्री तथा अन्य सामान इलाका प्रहरी कार्यालय रिठाचौपाताबाट खटिएको टोलीले बरामद गरेको छ।

    बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6