कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा ५ दलिय गठबन्धन होला कि नहोला ?
पुनर्वास– कञ्चनपुर क्षेत्र नम्बर १ मा गठबन्धन हुने कि नहुने भन्ने विषय कार्यकर्ता माझ अन्यौलको विषय बनेको छ ।
मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको मिति घोषणा भएपनि उक्त निर्वाचन क्षेत्रमा गठबन्धन हुने कि नहुने विषयमा अन्यौल देखिएको हो ।
पार्टीका अध्यक्षहरुको पाँच दलिय गठबन्धन गर्ने निर्णय भएपनि स्थानिय स्तरमा भने नेपाली काँग्रेस पार्टीकै नेता कार्यकर्ताहरुले गठबन्धनको विरोध गरेका छन् ।
उनीहरुले पार्टीका अध्यक्षले गरेको गठबन्धन कञ्चनपुर क्षेत्र नम्बर १ मा कदापी स्विकार्य नहुने भन्दै पार्टीका कार्यक्रममा चर्काचर्की गर्न थालेका थिए ।
काँग्रेसले गठबन्धन नगर्ने भन्दै पार्टीका आकांक्षी उम्मेदवारको नामावली क्षेत्रिय कार्यसमित मार्फत जिल्ला कार्यसमितिमा पठाईसकेको काँग्रेसकै एक नेताबाट बुझिन आएको छ ।
यस अघि स्थानिय तह निर्वाचनमा पनि अन्तमा आएर गठबन्धनलाई छाडेर काँग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको थियो । एक्लै चुनावी मैदानमा उत्रिदा जनताले दिएको मायाका कारण गठबन्धन काँग्रेसका लागि आवश्यक नरहेका भन्दै सोमबार पुनर्वास उधोग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य रामजनम चौधरी समक्ष समेत बताएका थिए ।
तर पार्टीले गरेको पाँच दलिय गठबन्धनमा रहेरै निर्वाचनमा उम्मेदवार तोकिने सम्भावना पनि प्रबल देखिन्छ । हेरौ बाकी नतिजा के हुन्छ ?