
पुर्व अर्थमन्त्री तारा लामा तामाङको पहलमा ल्याएका ३ योजनाको शिलान्यास
पुनर्वास । बुधबार कञ्चनपुरको दक्षिणी क्षेत्रमा एकैदिन ३ योजनाको शिलान्यास गरिएको छ ।
सुदुरपश्चिम प्रदेशका पुर्व अर्थमन्त्री तारा लामा तामाङद्वारा आफ्नो निर्वाचन क्षेत्रमा २४ करोड ९८ लाख बराबरको लागत भएका तीन वटा महत्वपूर्ण योजनाको शिलान्यास गरिएको हो ।
सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत चालु आर्थिक बर्ष २०७९/०८० मा पूर्वाधार विकास कार्यालय कञ्चनपुर मार्फत संचालित भएको एक पुल र दुई सडकका योजनाको ठेक्का सम्झौता भइ शिलान्यास गरिएको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सुचना अधिकारी ईन्जिनियर हेमराज भट्टले जानकारी दिए ।
पुर्वमन्त्री तामाङ आफैले पुनर्वास नगरपालिका–१० मा पर्ने तीन करोड ३३ लाखमा ठेक्का सम्झौता गरिएको लमैया नाला बक्स कलभट २० मिटरको शिलान्यास गरेका छन् । उक्त योजना वाइआर, हटैराज जेभीले निर्माण गर्ने यो योजनामा पूर्वाधार विकास कार्यालय कञ्चनपुरले गत असार ५ गते अगामी २०८१ असार ३० गतेभित्र पूरा गर्ने ठेक्का सम्झौता गरेको छ ।
यस्तै तामाङले पुनर्वास नगरपालिका-९, बिचफाटा जिरो प्वाइन्ट देखि ईलाका प्रहरी कार्यालय सम्म
साढे ११ किलोमिटर लम्बाइ रहेको उक्त सडक अगामी २०८१ असार ३० गतेभित्र सम्पन्न गर्नेगरी १६ करोड २५ लाखमा शंकर जेभी निर्माण सेवालाई ठेक्का दिइएको छ ।
त्यसैगरी कोटी होम–घ गाउँ–नगरपालिका चोकसम्म
तीन किलोमिटर ७२० मिटरको सडक कालोपत्रेका लागि
पाँच करोड ३९ लाख लागतमा २०८१ असार ३० गते सम्पन्न गर्ने गरी कंचनपुर स्थित महरा निर्माण सेवा प्रालीले ठेक्का पाएको छ ।
योजनाको शिलान्यास गर्दै तामाङले प्रदेश सरकारले बहुवर्षीय योजनाका रुपमा स्वीकृत गरेका विभिन्न ६६ योजना मध्ये कञ्चनपुरमा मात्रै १९ वटा पूर्वाधारका योजना परेको बताए ।
उनले निर्वाचनका बेला मतदाताहरुसँग बोलेको बाचाहरु आफ्नो क्षेत्रको पूर्वाधार विकासका लागि ती योजनामा बजेट छुट्याएर काम अघि बढाइएको बताउदै निर्धारित समयमै काम सम्पन्न हुने विश्वास समेत व्यक्त गरेका छन् । कुनै पनि विकास निर्माणको कार्य आफ्नै लागि भएकाले निर्माण व्यवसायीलाई सहयोग गर्न स्थानीयलाई उनले आग्रह गरेका छन् ।
उनले दोदा देखि प्रहरी कार्यालय जोड्ने लोकतान्त्रिक मार्ग र सिमरी,दशरथबस्ती देखि भकुण्डा सम्मको सडक दुई पटक सम्म ठेक्का स्विकृत नभएको जानकारी दिदै अब संशोधन गराएर भएपनि चाडै ठेक्का आह्वान गराउने बचन दिए ।
त्यस्तै शिलान्यास कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माले एस.एन.आर.डि.पि. ले लामो समय देखि बनाउन नसकेको सडकलाई पुर्व मन्त्री तामाङले प्रदेश मार्फत ठेक्का स्विकृत गरी शिलान्यास गर्नुभएकोमा हृदय देखि नै धन्यवाद व्यक्त गरेका थिए ।
विभिन्न योजना समावेश गरिदिन पुर्व मन्त्री तामाङकै सल्लाहमा आफुले प्रदेशका मुख्यमन्त्री समक्ष पनि भनेको बताए । सडक निर्माणमा स्थानीयको सहयोग रहने र निर्माण कम्पनीले पनि समयमै निर्माण कार्य सम्पन्न गर्नेछन् भन्ने आशा रहेको उनको भनाई थियो ।
शिलान्यास कार्यक्रममा जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी र पत्रकारहरुको सहभागीता थियो ।