Above Article Ad
  • काँग्रेस नेता थापाद्वारा छोराको स्मृतिमा प्यारातालको पहिचान झल्काउन कछुवाको स्टेचु बनाईने

    Above Article Content Ad
  • पुनर्वास ,
    नेपाली काँग्रेस कञ्चनपुर जिल्ला कार्य समिती सदस्य तथा समाजसेवी प्रेम बहादुर थापाले प्यारातालमा पर्यटन प्रबर्द्धनका लागि सुरु गरिएको नागरिक अभियान अन्तर्गत बनाइन लागेको जैविक उद्यानमा तालको पहिचान झल्किने संरचना निर्माणको जिम्मेवारी लिनु भएको छ ।

    समाजसेवी एवं काँग्रेस नेता थापाले आफ्ना दिवंगत छोरा केशव थापाको सम्झनामा प्याराताल परिसरमा नागरिक पहलमा बनाउन सुरु गरिएको जैविक उद्यानमा तालको पहिचान उजागर गर्न मद्दत पुग्ने गरि आफ्नो लगानीमा कछुवाको स्तम्भ निर्माणको जिम्मेवारी लिनु भएको प्याराताल पर्यटन प्रबर्द्धन तथा संरक्षण समितिका अध्यक्ष दीपेन्द्र कुमार बस्नेतले बताउनु भयो ।

    Article inline ad #1
  • २०६०/०६१ को समयमा धनगढी बाट प्रकाशित हुने सुदूर सन्देश दैनिक पत्रिकामा आवद्ध भइ पुनर्वासबाट पत्रकारिता गर्दै प्याराताल क्षेत्रको अतिक्रमण विरुद्धमा कलम चलाएका तत्कालीन संचारकर्मी , नेविसंघका नेता समेत रही पछि शिक्षण पेशामा आवद्ध केशव थापा परोपकारी संस्था नेपाल रेडक्रस सोसाइटीमा आवद्ध थिए । समाज सेवामा समर्पित युवा थापा सामाजिक कार्यकै शिलशिलामा काठमाडौं बाट फर्कने क्रममा सडक दुर्घटनामा परि दिवंगत भएका छोरा केशव थापाको स्मृतिमा उनका बुबा नेपाली काँग्रेस कञ्चनपुरका नेता पुनर्वास नगरपालिका ११ अमरबस्तीका प्रेमबहादुर थापा र माता मनमाया थापाले पुनर्वासको प्रमुख पर्यटकीय स्थल प्यारातालमा पर्यटन बिकासका लागि जैविक उद्यान (Biological Park ) निर्माणका निम्ति नागरिक स्तरबाट चलाइएको अभियानलाई सघाउन प्याराताल परिसरमा आफ्नो लगानीमा कछुवाको स्तम्भ निर्माण गर्ने स्व स्फुर्त घोषणा गर्नु भएको छ ।

    Article inline ad #2

    प्यारातालको पर्यटन बिकासका लागि नागरिक स्तरबाट पहिलोपटक सुरु गरिएको यो अभियानलाई सार्थक र सफल पार्न वहाँले गरेको यो सहयोग उदाहरणीय र अनुकरणीय रहेको प्याराताल पर्यटन प्रबर्द्धन तथा संरक्षण समितिका सचिव प्रेम प्रसाद जैसीले बताउनु भयो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button