
बाजुरामा जिप दुर्घटनाका घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि नेपालगञ्ज लगियो
बाजुरा : बाजुरामा जिप दुर्घटना हुँदा घाइते भएका दुई जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ।
जिल्लाको जगन्नाथ गाउँपालिका–२ काडाकोटमा भएको जिप दुर्घटनामा घाइते भएका बुढीनन्दा नगरपालिका–२ का नन्दबहादुर तिरुवा र लोकेन्द्र तिरुवालाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज लगिएको हो। उनीहरूलाई हेलिकोप्टरमार्फत नेपालगञ्ज उपचारका लागि लगिएको हो।
नेपाल टेलिकम दुरसंचार प्राधिकरण बाजुराका प्रमुख लोकबहादुर बिष्ट, जिप चालक कर्ण महत र बडीमालिका नगरपालिका–७ ढम्कनेका रवी धामीको दुर्घटनामा मृत्यु भएको छ। घाइते २ जनाको कोल्टि अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगञ्ज रिफर गरिएको प्रहरीले बताएको छ। उनीहरुको टाउको र शरिरमा गभिर चोट लागेको छ। नेपाल टेलिकमका कर्मचारी सवार बा ५ च २२०९ नम्बरको जिप सोमवार बिहान दुर्घटना भएको हो। उनीहरु जगन्नाथ गाउँपालिकामा रहेको टेलिकमको टावर मर्मतको लागि गइरहेका थिए।
नेपाल टेलिकम अन्तर्गत दुरसंचार प्राधिकरणको टोली सवार जिप सडकबाट करिब ८० मिटर तल खसेको प्रहरीले बताएको छ। कानुनी रूपमा मुचुल्का र अन्य कामहरू गरेर मृतकहरूलाई कोल्टि अस्पताल ल्याउने तयारीमा प्रहरी छ। सडकको अवस्था र भौगोलिक जोखिमका कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। तर, अनुसन्धान जारी रहेको बाजुरा प्रहरीले बताएको छ।
















https://shorturl.fm/FIJkD
https://shorturl.fm/5JO3e
https://shorturl.fm/68Y8V
https://shorturl.fm/XIZGD
https://shorturl.fm/I3T8M