
फेरी लागुऔषध सहित पक्राउ परे पुनर्वास-५ का कृष्ण बडु
पुनर्वास – कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ अमरभीमबस्तीबाट लागुऔषध सहित चार जना पक्राउ परेका छन् ।
आईतबार दिउँसो ४ बजेको समयमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीलाई प्राप्त विशेष सुचनाका आधारमा पुनर्वास नगरपालिका-५ का कृष्ण बडु सहित चार जना लागू औषध खैरो हिरोइन र नाइट्राजेपम नामक औषधि सहित पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट ८०५ मिलिग्राम लागू औषध खैरो हिरोइन र अवैध लागू औषध नाइट्राजेपम लेखेको ट्याब्लेट १५ थान बरामद गरिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए ।
पक्राउ परेका चारै जनालाई सोमबार म्याद थप गरि थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको हिरासतमा राखिएको छ ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी चौकी परासन कञ्चनपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा पक्राउ गरेको प्रहरी निरीक्षक भट्टले बताए ।
बडु यस अघि पुनर्वास नगरपालिका-१० वडा कार्यालयमा कार्यरत रहदा लागुऔषध सहित पक्राउ परेका थिए ।