Above Article Ad
  • पुनर्वासमा पाँच सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्रको शिलन्यास

    Above Article Content Ad
  • पुनर्वास–वर्षौ देखि कञ्चनपुरको दक्षिणी भेगमा देखिएको चिस्यान केन्द्रको समस्यालाई मध्य नजर गर्दै पुनर्वास नगरपालिकाले चिस्यान केन्द्र निर्माण गर्न थालेको छ ।
    शुक्रबार पुनर्वास–६ स्थित पुनर्वास सहकारीको जमिनमा नगरपालिकाले पाँच सय मेट्रिक टन क्षमताका चिस्यान केन्द्रको शिलन्यास गरेको हो ।
    पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्मा,उपप्रमुख भुलिया कुमारी राना, पूर्व मेयर जिवनराज थापा र पुनर्वास सहकारीका अध्यक्ष परशुराम बिश्वकर्माले संयुक्त रुपमा चिस्या केन्द्रको शिलन्यास गरेका हुन् ।
    शीतभण्डार नहुँदा उचित मूल्य पाउन नसकेका किसानलाई यसले सहयोग पुग्ने पुनर्वास–६ का वडाध्यक्ष मित्र सिँह लामाले बताए ।
    किसानलाई आत्मनिर्भर बनाउन, किसानलाई उचित मूल्य पाउन भन्नका लागि किसानले उत्पादन गरेका कृषि उपज वस्तु राखेर जुनसुकै बेला पनि बिक्री गर्नसक्ने व्यवस्था मिलाउन चिस्यान केन्द्रको निर्माण थालिएको अध्यक्ष लामाले भनाई छ ।
    दुई बर्ष भित्र काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको छ । शीत भण्डार निर्माणपछि किसानले उत्पादित तरकारीहरु कुहिने डरले हतारमै सस्तोमै बेच्नुपर्ने बाध्यताको अन्त्य हुने नगर प्रमुख तोय प्रसाद शर्माले जानकारी दिए ।
    उनले भने “कृषिलाई मेरो प्राथमिकता पनि हो । तरकारी सस्तो भएको बेला भण्डारण गरी राख्ने र राम्रो मूल्य पाएको बेला निकालेर बिक्री गर्न सक्ने अवस्था बनाउन हामीले चिस्यान केन्द्रको निर्माण गरेका हौं ”
    सहकारीको आठ कट्टा जमिनमा बन्न लागेको चिस्यान केन्द्र असार २४ गते जुगल बिल्डर्स कम्पनी प्रालि काठमाडौंलाई करसहित ८ करोड २४ लाख ७९ हजार १ सय ८८ रूपैयाँमा ठेक्का स्विकृत भएको थियो ।
    त्यस्तै निर्माण कम्पनीका प्रबन्धक प्रेमराज भट्टले आज शिलन्यास भएको छ । नगरपालिकासँगको सम्झौतामा तोकिए अनुसारको मापदण्डमा रहेर चाडै निर्माण कार्यलाई पूरा गर्नेे जानकारी दिए ।

    शिलन्यास कार्यक्रममा जनप्रतिनिधिहरु,विभिन्न सहकारीका प्रतिनिधि,बुद्धिजीवि,सुरक्षाकर्मी लगायतका व्यक्तिहरु सहभागी थिए ।
    चिस्यान केन्द्रको शिलन्यासमै किसानहरुले उत्पादन गरेको तरकारी तथा बिउ लामो समयसम्म भण्डारण सुविधा हुने भन्दै खुशी व्यक्त गरेका छन् ।

    Article inline ad #1
  • May be an image of 13 people and text

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button