
पुनर्वासमा मनकारी धर्मेन्द्र जेठाराद्वारा विद्यार्थीहरूलाई न्यानो लुगा वितरण
Above Article Content Ad
पुनर्वास-अत्याधिक चिसो बढ्दै गएपछि कञ्चनपुरको पुनर्वास नगरपालिका-५ भानुबस्ती निवासी मनकारी धर्मेन्द्र जेठाराले विद्यालयहरुमा न्यानो लुगा वितरण गरेका छन्।
मनकारी जेठाराले पुनर्वास नगरपालिका-५ स्थित श्री चन्द्रवाला आधारभूत विद्यालय, पुनर्वास नगरपालिका-६ स्थित बाल जागृति आधारभूत विद्यालय र जीवन ज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरेका हुन् ।
Article inline ad #1
तीनवटै विद्यालयमा २ सय ५० जना विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरिएको थियो ।
Article inline ad #2
यसअघिका वर्षहरूमा पनि मनकारी जेठाराले पुनर्वासका विभिन्न विद्यालयहरूमा न्यानो लुगा वितरण गर्दै आइरहेका थिए ।
विद्यार्थीहरूलाई सहयोग आएपछि शिक्षकहरूले जेठारा परिवार प्रति धन्यवाद व्यक्त गर्दै सामाजिक कार्यमा देखाएको निरन्तरताको निकै प्रशंसा गरेका थिए।

फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















