Above Article Ad
  • कंचनपुरमा एन.आर्ई.सि एसिया लघुवित्तको समुह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    Above Article Content Ad
  • कंचनपुर-एन.आर्ई.सि एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा समूह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

    संस्थाले मझगाँउ शाखा अन्तर्गतका ५४ जना समूह अध्यक्ष तथा भिमदत्त न.पाका नगर प्रवत्ता श्री पदम अवस्थी,भि.न.पा वडा नं. ४ का वडा अध्यक्ष श्री शुशिल कुमार भट्ट,जिल्ला प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरि निरिक्षक श्री हर्ष बहादुर चन्द,भि.न.पा वडा नं.१८ का प्रतिनिधि श्री महेश बहादुर वस्नेत, भि.न.पा वडा नं.१७ कि वडा सदस्य श्री मञ्जु चन्द बम तथा समाजसेवि व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम गरेको हो ।

    Article inline ad #1
  • कार्यक्रमको अध्यक्षता यसै शाखा द्वारा संचालीत केन्द्र नं. १७८ कि प्रमुख श्री धना देवि कुवँरले गर्नु भएको थियो प्रमुख अतिथि कलुवापुर उप प्रदेश कार्यालयका अनुगमन अधिकृत श्री भुबन राज पाठकले वित्तीय साक्षरता सम्बन्धि शिक्षा,कर्जा,बचत बारे जानकारी विधमान लघुवित्तका समस्या,त्यसका समाधान र लघुवित्त किन आवश्यक छ भन्ने वारे जानकारी साथै आधुनिक डिजिटल प्रविधि तथा मोबाइल बैंकिङसँग सम्बन्धित विषयमा प्रशिक्षण दिएको जनाइएको छ । शाखामा भएका कुल २५३ वटा समूहमध्येबाट ३ वटा समूह पुरस्कृत भएको तथा उत्कृष्ट ॠणीमा केन्द नं.२१६ कि सदस्य जानकी सार्की उत्कृष्ट बचतकर्तामा केन्द्र नं.०६० कि सदस्य श्री जानकी रावल उत्कृष्ट केन्द्र प्रमुखमा केन्द्र नं.०२० कि सदस्य श्री शारदा देवि पाठकलाई समेत सम्मान गरिएको अनुगमन अधिकृत पाठकले बताए ।

    Article inline ad #2

    यस कार्याक्रमको संचालन यसै शाखाका शाखा प्रमुख धर्मानन्द जोशीले गर्नुभएको थियो भने स्वागत मन्तव्य तथा कार्यक्रमको संक्षीप्त परिचय शाखा कार्यालय चाँदनीदोधाराका शाखा प्रमुख हिरण्ड कुमार विष्टले जानकारी गराउनु भएको संस्थाले जनाएको छ ।

    कार्यक्रममा शाखा कार्यालय मझगाँउका कर्मचारी साथै समाजसेवि व्यक्तिहरुको पनि सहभागीता रहेको थीयो । कार्यक्रममा वित्तीय संस्थाले हाल समुदायमा देखिएका विविध समस्या समाधानका लागि सामूहिक सहयोग, सामूहिक प्रयासमा सदस्यहरुको अहम भुमिका रहेको तथा यस्ता वित्तीय कार्यक्रम बाट त्यसका लागी सहयोग पुग्ने अपेक्षा समेत लिएको जनाइएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by