Above Article Ad
  • इजरायली तीन जना हमासले बन्दी रिहा गरेसँगै ९० जना प्यालेस्टिनी बन्दी रिहा

    Above Article Content Ad
  • एजेन्सीः इजरायल र हमासबीच युद्धविराम सम्झौताको पहिलो चरणमा हिजो ९० जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको इजरायलले जनाएको छ।

    प्यालेस्टिनी विद्रोही समूह हमासले युद्धविराम सम्झौताअनुसार शुरूमा तीन जना इजरायली बन्धकहरूलाई रिहा गरेपछि इजरायलले प्यालेस्टिनी बन्दीहरूलाई पनि रिहा गरेको बीबीसीले जनाएको छ। इजरायलले तीनै जना इजरायली अब इजरायली भूमिमा फर्किएको बताएको छ। हमासले ३१ वर्षीया भेटेरिनरी नर्स डोरोन स्टेनब्रेचर, २४ वर्षीया रोमी गोनेन र २८ वर्षीया एमिली डमारीलाई रिहाइ गरेको हो। हमासले पहिलो चरणमा रिहा गर्ने तीन जना इजरायली महिला बन्धकको नाम सार्वजनिक गरेपछि मात्र गाजामा ढिलोगरि युद्धविराम शुरू भएको थियो। युद्धविराम शुरू हुन ढिलाइ हुँदा इजरायली आक्रमणमा कम्तीमा १९ जनाको ज्यान गएको छ।

    Article inline ad #1
  • आक्रमणमा परेर ३६ जना घाइते भएका हमासद्वारा सञ्चालित गाजा सिभिल डिफेन्स एजेन्सीले जनाएको छ। युद्धविरामको पहिलो चरणमा ६ हप्ताभित्र हमासले महिला, बालबालिका, वृद्धवृद्धा र घाइतेसहित ३३ जनालाई क्रमशः रिहा गर्ने र त्यसको सट्टामा इजरायलले प्यालेस्टिनी बन्दी मुक्त गर्ने सहमति भएको छ। मध्यस्थकर्ता इजिप्टका अनुसार युद्धविरामको पहिलो चरणमा ३३ जना इजरायली बन्धकको बदलामा एक हजार आठ सय ९० जना प्यालेस्टाइनी बन्दी रिहा गर्ने तयारी छ।

    Article inline ad #2

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6