Above Article Ad
  • तुलसीका अनेक फाइदा

    Above Article Content Ad
  • तुलसी पूजा गर्ने मात्र होइन कतिपय धार्मिक कार्यहरूमा अत्यावश्यक मानिन्छ। यसका पात, डाँठ र मञ्जरी९फूल० आदि धार्मिक कार्यमा प्रयोग हुन्छन्।

    तुलसीलाई सबैभन्दा बढी अक्सिजन फ्याँक्ने बिरुवा मानिन्छ। तुलसीको बिरुवा रहेको वरिपरि चारैतिर वातावरण स्वच्छ रहने र हावामा भएका आँखाले देख्न नसकिने किटाणुसमेत नष्ट हुने बताइन्छ।

    Article inline ad #1
  • आयुर्वेदमा मात्र होइन आधुनिक चिकित्सामा समेत तुलसीको प्रयोग गरिन्छ। क्षयरोग, उच्च रक्तचाप, इन्सेफलाइटिस जस्ता रोगहरूमा तुलसीको प्रयोग उपयोगी हुने चिकित्सक बताउँछन्। तर हामी तुलसीद्वारा घरैमा गर्न सकिने उपचारका विषयमा चर्चा गर्दैछौँँ–

    Article inline ad #2

    –बिहान सबेरै तुलसीको मठनजिकै बसेर प्राणायम गर्ने वा श्वास तान्ने, फ्याँक्ने क्रिया अपनाउनाले पनि स्मरणशक्ति वृद्धि हुन्छ। साथै तुलसीको ३,४ पत्ता पानीको साथमा निल्नाले स्मरणशक्ति बढ्छ।

    –दिनमा दुई चारपटक तुलसीको चारपाँच पटक पात चपाउने गर्नाले मुखबाट आउने दुर्गन्ध दूर हुन्छ। साथै तुलसीको नियमित सेवनबाट मुखका सम्पूर्ण रोग नष्ट हुन्छन्।

    –तुलसीको पातको गोली बनाएर दाँत दुखेको ठाउँमा राख्नाले दाँतको पीडा कम हुन्छ। साथै तुलसीको रसमा मरिचलाई पिसेर त्यसको गोली बनाएर दाँतको बीचमा राख्नाले पनि दाँतको पीडा कम हुन्छ।

    –पानीको मात्रा अनुसार हरिया तुलसीका पत्ताहरू हाल्नाले पानी शुद्ध एवं किटाणुरहित बन्छ। तुलसीको पातलाई छायाँमा सुकाएर फिटकिरी मिसाएर पिनेर तयार पारिएको झोलले घाउ शीघ्र निको हुन्छ।

    –ज्वरो, आलश्यता, अरूचि आदि रोगको लागि तुलसीको पातको चिया बनाएर खानाले यी रोगहरू दूर हुन्छन्। तर यसको प्रयोग नियमित हुनुपर्छ।

    –सानासाना बच्चाको घाँटी असजिलो भएमा वा रूघाखोकीले सताएमा तुलसीको रस पिलाएमा आराम हुन्छ। साना बच्चाको पेट फुलेमा पनि उमेर अनुसार ५१० ग्राम तुलसीको रस पियाउनाले आराम हुन्छ।

    –तुलसी पत्रलाई पानीमा उमालेर शरीरको दुखेको भागमा बाफ दिनाले दुखेको ठाउँमा आराम हुन्छ। तुलसीको रस लगाउने लामखुट्टेले टोकेको समेत आराम मिल्छ।

    –स्त्रीको मासिकको समयमा अत्याधिक रक्तश्राव भएमा वा रिगंटा लागेमा तुलसीको रसमा मह मिलाएर खानाले लाभ हुन्छ। साथै तुलसीको बिउमा जिराको चूर्ण र मिश्री मिलाएर साँझ बिहान दूधसँग पिउने गर्नाले पिसाबसम्बन्धी रोग दूर हुन्छ।

    –तुलसी पत्ताको चूर्ण, सख्खर र कपुर तीन वस्तुलाई समान मात्रामा मिलाएर राती सुत्ने वेलामा चिसो पानी साथमा पिउनाले स्वप्नदोषको समस्या निराकरण हुन्छ। प्रतिदिन तुलसीको केही पत्ता चपाएर खाने गर्नाले रक्तशुद्धि हुनुको साथै सौन्दयवृद्धि हुन्छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6