
कञ्चनपुरमा मङ्सिर महिनामा सडक दुर्घटनाबाट तीन जनाको मृत्यु, ११८ जना घाइते

महेन्द्रनगर– कञ्चपनुर जिल्लामा सवारी दुर्घट्नाबाट मंसिर महिनामा तिन जनाको मृत्यू भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांक अनुसार मंसिर महिनाभरी जिल्लामा ७४ वटा सडक दुर्घट्नामा परी तिन जनाको मृत्यू भएको छ भने ११८ जना घाईते भएका छन् । मंसिर महिनामा ट्राफिक नियम उलंघन गर्ने ६४८ सवारी साधनहरु कारवाहिमा परेका छन् । उनीहरुबाट ४ लाख ७२ हजार ५ सय रुपया राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

त्यसैगरी जिल्लामा प्रहरीले ८८ लाख १२ हजार १०६ रुपया मूल्य बरावरको भन्सार छलीको सामान बरामद गरेको छ । कञ्चपनपुर जिल्लामा ३ पुरुष, ३ महिला र एक जना बालिका गरी ७ जनाले आत्महत्या गरेको प्रहरी तथ्यांक छ । खैरो हिरोईन २२ दशमलव २८ र १८ दशमलव १८ ग्राम चरेश बरामद गरेको छ भने दुई जना महिला र ३१ जना पुरुष गरी ३३ जना लागुऔषध सेवनकर्ता पक्राउ गरीएको छ l
कञ्चनपुर जिल्लामा अनलाईन मार्फत २१,७३,८४१ रुपया ठगी भएकोमा रु ५ लाख ४ हजार रुपयाँ रिफण्ड गर्न कञ्चनपुर प्रहरी सफल भएको छ ।
२१ जना महिलाहरु हराएको सूचना आएकोमा ८ जना फेला परेको, १७ जना बालबालिका हराएको सूचना आएकोमा १४ जना फेला परेको र एक जना जेष्ठ नागरीक हराएको सूचना आएकोमा फेला नपरेको जिल्ला प्रहरी कार्यालय कञ्चपनुरले जनाएको छ ।
अझै पनि मंसिरमा हराएका १३ जना महिला, ३ जना बालबालिका र १ जना जेष्ठ नागरीकको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ
अदालतको फैसला कार्यन्वयन गर्ने शिलशिलामा ९९ जना मानिस प्रक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं एसपि खड्क बहादुर खत्रीले बताए । २८ बषै ३ महिना १६ दिन कैद भुक्तान गरीएको एसपि खत्रीले बताए । त्यसैगरी ९६ लाख ४ हजार ४८२ रुपयाँ जरीवाना असुल उपर गरीएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालयमा मंसिर महिनामा प्रत्यक्षरुपमा ३२८ ठाडो उजुरी परेकोमा २८१ उजुरी फछ्यौट गरीएको उनले बताए । उनका अनुुसार जिल्ला प्रशासन कार्यालयबाट आएका १२ उजुरीमध्ये १० उजुरी फछ्यौट गरीएको छ ।
घरेलु हिंसाका उजुरी जिल्ला प्रहरी कार्यालयमा भीमदत्त नगरपालिकाका बढि आएको प्रहरी तथ्यांकले देखाएको छ ।
प्रहरी तथ्यांक अनुसार भीमदत्त नगरपालिकाका ९, बेदकोट नगरपालिकाका ८, कृष्णपुर नगरपालिकाका ३ र पुनर्वास नगरपालिकाका १ उजुरी गरी २१ उजुरी घरेलु हिंसाको आएको छ । जसमा १७ उजुरी फछर्यौट गरीएको छ भने ४ वटा उजुरी सम्बन्धीत कार्यालयमा लेखि पठाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपि खड्काले बताए ।
जिल्ला प्रहरी कार्यालयमा विभिन्न शिर्षक गरी ७६ मुद्धा दायर गरीएका छन् । जसमा ज्यान मार्ने उद्योगमा २, भवितव्य ज्यानमा ३, फुटकर ज्यानमा ४, बिष खाएरका १, झूण्डिएरका ६, धारण चोरीका १, सवारी चोरीका २, लागुऔषधका १८, अभद्रव्यवहारका १३, बहु विवाहका १, जवरजस्तीकरणी ४, सवारी ज्यान ४, अपहरण तथा शरीर बन्धक १, अपहरण, शरीर बन्धक तथा (जजक) १, विद्युतिय कसुर तथा साईवर अपराध १, बैंकिङ्ग कसुर १२, अपराधिक उपद्र एवं संगठीत अपरध २ रहेका छन् ।
त्यसैगरी जघन्य तथा गम्भिर अपराध अन्तरगत १३ मुद्धा दर्ता भएका छन् । जसअन्तरगत ज्यान मार्ने उद्योग २, बहु विवाह १, जवरजस्तीकरणी ४, सवारीज्यान ४, अपहरण तथा शरीर वन्धक १, अपहरण,शरीरबन्धकतथा ज.ज.ज. १३ शिर्षकका १३ मुद्धा परेका थिए ।
त्यसैगरी महिला, बालबालिका तथा जेष्ठ नागरीकसंग सम्बन्धित ८ वटा मुद्धा दायर गरीएका छन् । बहुविवाह १, जवरजस्ती करणी ४, अपहरण तथा शारिरीक बन्धक १, अपहरण तथा शरिर बन्धक तथा जजक १, विद्युतिय कसुर तथा साईवर अपराधको एक मुद्धा रहेका छन् ।
पिडित भन्दा पिडक बढि रहेको तथ्यांक प्रहरी संग रहेको छ । प्रहरी तथ्यांक अुनुसार महिला, बालबालिका तथा जेष्ठ नागरीकसंग सम्बन्धीत २९ मुद्धालाई पिडित र पिडकको तथ्यांक राखेर हेर्दा पिडक३० जना पिडित २९ जनामात्रै भएको बताए ।
प्रहरीले १ सय लिटर अबैध रक्सी नियन्त्रणमा लिई नष्ट गरेको छ । प्राकृतिक सम्पत्ति दोहन नियन्त्रण गर्न तिन वटा टयाक्टर नियन्त्रणमा लिई दण्डजरीवाना बाफत ८ हजार ९२० रुपया जरीवाना गरीएको छ ।
समुदाय तथा विद्यालय केन्द्रीत कार्यक्रम तर्फ शीर्षकगत रुपमा आयोजना गरीएको १०५ सचेतनामूलक कार्यक्रमहरुमा ६ हजार ३५ जना सहभागि रहेका थिए । त्यसैगरी विद्यालय सचेतनामूलक कार्यक्रमको ४३ विद्यालयमा गरेकोमा कक्षा ६ देखि स्नातक तहसम्म ३ हजार ६ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
प्रहरीले अपराध न्यूनिकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम समेत गरेको छ । जिल्ला प्रहरी कार्यालयको हटलाईन नंम्बर १०० मा १८७६ कल आएका छन् भने डिसि मा ५ सय कल आएका थिए ।













