Above Article Ad
  • गृहमन्त्री अर्यालद्वारा निमार्णाधीन सुक्खा बन्दरगाह अनुगमन

    Above Article Content Ad
  • महेन्द्रनगर-गृहमन्त्री ओमप्रकाश अर्यालयले आज दिउँसो कञ्चनपुरको दोधारा चादँनी सुक्खा बन्दरगाह निर्माणस्थलको अनुगमन गर्नुभएको छ।

    धनगढीमा मङ्गलबार हुने सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि यहाँ आउनुभएका गृहमन्त्री अर्यालयसहितको टोलीले दोधारा चादँनी नगरपालिकामा निर्माण थालिएको सुक्खा बन्दरगाह अनुगमन गर्नुभएको गृहमन्त्रीको निजी सचिव परशुराम पोखरेलले जानकारी दिए।

    Article inline ad #1
  • “प्रदेश सुरक्षा गोष्ठीका लागि यहाँ आएका बेला सीमा अनुगमनका साथै सुक्खा बन्दरगाह निर्माणस्थलको अनुगमन गरिएको हो,” उनले भने, “गृहमन्त्रीसँगै सशस्त्र प्रहरी बलको टोलीसमेत अनुगमनमा रहेको थियो।”

    Article inline ad #2

    गृहमन्त्री अर्यालसँगै सशस्त्र प्रहरी बलका सङ्गठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल पनि सहभागी थिए। भारत सरकारको सहयोगमा दोधारा चाँदनीमा निर्माण हुन लागेको सुक्खा बन्दरगाहको निर्माण सुरु भइसकेको छ। तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी भारतीय पक्षबाट ठेक्का भएर निर्माण व्यवसायीले काम थालिसकेका छन्। निर्माण व्यवसायीले निर्माण उपकरण भारतबाट आयोजनाका लागि आयात प्रक्रिया थालेका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6