Above Article Ad
  • जेन्जी युवामाथि हातपात गर्ने आरोपमा एमाले कार्यकर्तामाथि कारबाहीको माग

    Above Article Content Ad
  • धनगढी-एमाले नेता महेश बस्नेतको विरोधमा बुधबार आयोजना गरिएको प्रदर्शनका क्रममा जेन्जी युवामाथि हातपात गरेको आरोपमा संलग्न एमाले कार्यकर्तालाई कारबाहीको दायरामा ल्याउन माग गरिएको छ। जेन्जी युवाहरूले जिल्ला प्रशासन कार्यालयमा लिखित रूपमा ज्ञापनपत्र बुझाउँदै शक्तिपूर्ण आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका हुन्।

    ‘हामी जेन्जीहरूको माग पूरा गर्न शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका थियौँ,’ ज्ञापनपत्रमा उल्लेख छ, ‘त्यही क्रममा युवा संघका केही कार्यकर्ताले हातपात गर्ने, धम्क्याउने र आक्रमण गर्ने प्रयास गरे। उक्त घटनामा हाम्रा केही साथी घाइते भएका छन्। हाम्रो शान्तिपूर्ण आन्दोलन गर्ने संवैधानिक अधिकारमाथि ठाडो हस्तक्षेप भएको हुँदा घटनाको निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिमाथि कडा कारबाही गर्न माग गर्दछौँ।’

    Article inline ad #1
  • घटनापछि जेन्जी युवाहरू बिहीबार पनि जिल्ला प्रशासन कार्यालय अगाडि प्लेकार्डसहित प्रदर्शनमा उत्रिए। उनीहरूले आक्रमणमा संलग्नलाई पक्राउ नगरेसम्म वार्ता नहुने चेतावनी दिएका छन्। जेन्जी अगुवा विष्णु खड्काले भने, ‘एमाले कार्यकर्ताले हामीमाथि आक्रमण गरेका छन्। पहिले दोषीलाई पक्राउ गर्नुपर्छ, त्यसपछि मात्र छलफल सम्भव हुन्छ,’ उनले भने।

    Article inline ad #2

    उता, युवा संघका नेताहरू पनि आज जिल्ला प्रशासन कार्यालय पुगेका छन्। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले घटनासम्बन्धी विषयमा अहिले दुवै पक्षसँग छुट्टाछुट्टै छलफल भइरहेको बताए। ‘छुट्टाछुट्टै छलफल भइरहेका छन्,पछि संयुक्त रूपमा पनि छलफल गर्छाैं,’ उनले भने।

    बुधबार एमाले नेता बस्नेतविरुद्ध जेन–जी युवाहरूले प्रदर्शन गर्दै गर्दा युवा संघका कार्यकर्ताले उनीहरूलाई हातपात गरेको घटना सार्वजनिक भएको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by