Above Article Ad
  • छैटौं अरनिको सैनिक कपको फाईनलमा आयोजक अरनिको सेतो र त्रिभुवन युवा क्लब प्रबेश

    Above Article Content Ad
  • कञ्चनपुर– कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकामा जारी छैटौं अरनिको सैनिक कप खुल्ला पुरुष फुटबल प्रतियोगिता अन्तरगत सेमिफाईनल चरणका दुई खेल सम्पन्न भएका छन् ।

    जिल्लाकै सर्वाधिक धनराशी अरनिको सैनिक कप खुल्ला पुरुष फुटबल प्रतियोगिता अन्तर्गत सेमिफाइनल सम्मका सबै खेलहरू सम्पन्न भएको आयोजकले जनाएको छ ।

    Article inline ad #1
  • मंगलवार भएको पहिलो सेमिफाइनलमा सुदूूरपश्चिम ११ धनगढी भरर्सेस त्रिभुवन युवा क्लब बिच खेल सम्पन्न भएको थियो। प्रतिस्पर्धात्मक खेलका बिच निर्धारित समयमा दुबै टिमबाट एक एक गोलको बराबरीमा खेल समाप्त भएपछि खेल ट्राईब्रेकरमा गएको थियो। ट्राईब्रेकरमा सुदूरपश्चिम ११ धनगढीलाई १ का बिरुद्ध ४ गोल प्रहर गर्दै त्रिभुवन युवा क्लब ,त्रिभुवनबस्ती फाईनलमा प्रवेश गरेको छ । त्यस्तै दोस्रो खेलमा आयोजक अरनिको युवा क्लब (सेतो) भर्सेस न्यू भानु युवा क्लब (निलो) बिच पनि निकैनै रोचक र प्रतिस्पर्धात्मक खेल रहेको थियो। उक्त खेलमा पनि निर्धारित समयमा दुबै टिमबाट दुई दुई गोलको बराबरीमा खेल समाप्त भएपछि खेल ट्राईब्रेकरमा गएको थियो। ट्राईब्रेकरमा न्यूू भानु युवा क्लब निलो लाई ३ का बिरुद्ध ४ गोल प्रहर गर्दै आयोजक अरनिको युवा क्लब सेतो फाईनलमा प्रवेश गरेको छ ।

    Article inline ad #2

    निकै रोमञ्चक रहेका सेमि फाईनल चरणका खेलहरु हेर्नका लागि हजारौ खेलप्रेमी दर्शकहरुको ठुलो भीड लागेको थियो ।समुह ए बाट ८ टिमलाई पछि पार्दै त्रिभुवन युवा क्लब फाईनलमा प्रबेश गरेका हुन भने समुह बी बाट आठ समुहलाई पछि पार्दै अरनिको युवा क्लब सेतो फाईनलमा प्रबश गरेका छन । फाईनल खेल यहि फल्गुन ०५ गते शनिवारका दिन हुनेछ ।

    अरनिको खेलकुद विकास समिति,अरनिको युवा क्लबले देश बिकास अनुशासन र गतिशिलतामा युवा स–शक्तिकरणका लागि खेल भन्ने मुल नाराका साथ यही माघ २१ गते देखि स्व. प्रकाश दाहाल स्मृति छैटौँ अरनिको सैनिक फुटबल प्रतियोगिता शुरु गरिएको थियो।

    प्रतियोगिताको विजेता टिमले नगद २ लाख ६० हजार र उपविजेता टिमले १ लाख ३० हजार सहित मेडल, ट्रफी,प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा सर्वाधिक गोलकर्ता उत्कृष्ठ गोलरक्षक, रक्षक, फरवार्ड, फेयर प्लेयर र उदयमान खेलाडीलाई जनही ५ हजार सहित ट्रफी प्रदान गरिने र प्रतियोगिताको उत्कृष्ठ एकजना खेलाडीलाई नगद १० हजार सहित मेडल,ट्रफी प्रदान गरिने छ । प्रतियोगिताको मूख्य प्रायोजकमा प्रकाश दाहाल स्मृति प्रतिष्ठान रहेको छ भने सह प्रायोजकको रुपमा काठमाडौंको विज्ञान एच आर म्यानेजमेन्ट प्रालि रहेको छ । नेपाली सेना र नेपाल प्रहरीको विभागीय टिम सहित १८ टिम को सहभागीता रहेको थियो। पुनर्वास नगरपालिका २ अरनिको खेल मैदानमा शुरु भएको उक्त छैटौँ अरनिको सैनिक फुटबल कपको पुर्व खानेपानीमन्त्री बिना मगरले प्रतियोगिताको उद्घाटन गरेकी थिइन् । यसैगरी पुर्व खानेपानी मन्त्री बिना मगर कै प्रमुख आतिथ्यमा छैटौँ अरनिको सैनिक कप बिविध कार्यक्रम गर्दै समापन समारोहका बिच सम्पन्न गर्ने आयोजकले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button