
मुस्ताङको हिडन भ्यालीमा फसेका १५ पर्यटकको उद्धार
Above Article Content Ad
काठमाडौं – मुस्ताङको हिडन भ्याली क्षेत्रमा तीन दिनदेखि फसेका तीन जना बेलायती नागरिकसहित १५ जना पर्यटकको शुक्रबार सकुशल उद्धार गरिएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र गैरसैनिक पथ प्रदर्शकको संयुक्त टोलीले उनीहरूलाई ४ हजार ९०० मिटरको उचाइमा रहेको बतासे डाँडाबाट उद्धार गरेको हो ।
Article inline ad #1
१२ कात्तिकमा मुस्ताङस्थित नेपाली सेनाको उच्च शिखर शिक्षालय र इन्द्रबक्स गणसहितको टोलीले याक खर्कमा बेस बनाइ उनीहरूको उद्धार प्रयास थालेको थियो ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















