Above Article Ad
  • जेन्जी आन्दोलनमा तोडफोड र आगजनी गरेको आरोपमा कञ्चनपुरका एक युवा पक्राउ

    Above Article Content Ad
  • काठमाडौँ-जेन्जी आन्दोलनका क्रममा उदण्ड मच्चाउँदै तोडफोड र आगजनी गरेको आरोपमा कञ्चनपुर जिल्ला घर भएका एक युवक पक्राउ परेका छन्।

    प्रहरीका अनुसार आगजनी, तोडफोड र लुटपाटमा संलग्न रहेको आरोपमा सोमबार मिनभवनबाट कञ्चनपुर बेलौरी नगरपालिका–१ का २७ वर्षीय भुवन शाहीलाई पक्राउ परेका हुन्। काठमाडौंको धापासीस्थित कृष्ण मन्दिरमा बस्दै आएका शाही सेनाबाट बर्खास्त गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दानबहादुर कार्कीले जानकारी दिए।

    Article inline ad #1
  • २०७४ सालमा नेपाली सेनामा प्रवेश गरेका शाही २०७५ सालमा बर्खास्तीमा परेका थिए। चालकको रूपमा नक्कली ड्राइभिङ लाइसेन्स पेश गरेको पुष्टि भएपछि उनी सेनाबाट निष्काशित भएका थिए।

    Article inline ad #2

    प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको टोलीले शाहीलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार गत २४ भदौमा भएको जेन्जी आन्दोलनका क्रममा उनी गौशाला प्रहरी वृत्तमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेको भिडिओ फुटेजमा देखिएका थिए।

    त्यसैगरी उनले बानेश्वरस्थित ग्लोबल कलेजमा प्रवेश गरी लुटपाट गरेको समेत प्रमाण भेटिएको प्रहरीले जनाएको छ। उनले प्रहरीको मोटरसाइकल, राइट कन्ट्रोल गियर, ग्लोबल कलेजका दुई ट्रफी, गाडीको ड्यासबोर्डमा राख्ने गणेश मूर्ति र क्यानन कम्पनीको डीएसएलआर क्यामेरा लुटेको दृश्य भिडिओमा देखिएको प्रहरीको दाबी छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by